काठमाडौं, साउन १५ गते । बाह्रखरी मिडिया प्रा.लि.ले चौथो बाह्रखरी कथा लेखन प्रतियोगिताको घोषणा गरेको छ ।
आईतवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाह्रखरी मिडिया प्रा.लि.अन्तर्गतको बाह्रखरी बुक्सले ‘चौथो बाह्रखरी कथा लेखन प्रतियोगिता –२०७९’ घोषणा गरेको हो । नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारहरुको सम्मान र नवप्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले विगत तीन वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो कथा आईतवारदेखि भदौ १४ गतेभित्र पठाइसक्नुपर्ने बाह्रखरी डटकमका कार्यकारी सम्पादक तथा बाह्रखरी कथाका आन्तरिक निर्णायक समितिका संयोजक गोविन्द अधिकारीले जानकारी दिनुभयो । प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक मण्डलले ५० कथा छनौट गरेर निर्णायक मण्डललाई पठाउने र निर्णायक मण्डलले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा कथा छनौट गर्ने उहाँले बताउनु भयो । उहाँले त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने बताउनु भयो ।
प्रथम कथालाई एक लाख रुपैयाँ, द्वितीयलाई ६० हजार रुपैयाँ र तृतीयलाइ ४० हजार रुपैयाँ नगदसहित पुरस्कार तथा प्रमाणपत्र दिइने जनाइएको छ । त्यस्तै अन्य २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस