काठमाडौं – सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्यभन्दा धेरै नै कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ५३ अर्ब ६९ करोड रुपैयाँ कम उठाउन सकेको हो ।
यस अवधिमा कुल १ खर्ब ९८ अर्ब ७० करोड रुपैयाँ उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिकमा १ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार सरकारले चालू आर्थिक वर्षको बजेटमा ३० प्रतिशत राजस्व संकलन वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, साउनदेखि असोजसम्मको अवधिमा जम्मा २.५९ प्रतिशत मात्रै वृद्धि भएको देखिएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३ महिनामा कुल वार्षिक लक्ष्यको १६.४३ प्रतिशत राजस्व उठेको छ । जसमा करबाट कुल १ खर्ब ७२ अर्ब १८ करोड ८४ लाख रुपैयाँ उठेको छ भने गैरकरबाट १० अर्ब ५१ करोड १८ लाख रुपैयाँ उठेको छ । महालेखा नियन्त्रकको तथ्यांकलाई आधार मान्ने हो भने पहिलो त्रैमासिकमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ मात्र राजस्व उठेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस