काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार हरियाली छाएको छ । आज नेप्से ४४.३० अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ९९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.२३ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६८ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार सोमबार कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
जसमा थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मेलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का कलगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.४३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस