लागोस- सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले बुधबार जनाएको छ ।
‘सबैभन्दा बढी बालबालिका भारतमा जन्मिने छन् भने दोस्रो धेरै चीनमा र तेस्रो धेरै नाइजेरियामा जन्मिने छन्,’ यूनिसेफको प्रक्षेपणका आधारमा नाइजेरियाका लागि यूनिसेफका प्रतिनिधि पिटर हकिन्सले बताए |
‘जनवरी १ मा भारतमा ६७ हजार ३८५ शिशुको जन्म हुने प्रक्षेपण यूनिसेफको छ भने चीनमा ४६ हजार २९९ र नाइजेरियामा २६ हजार ३९ शिशुले जन्म लिनेछन् ।
यसरी हेर्दा नाइजेरियामा जनवरी १ मा विश्वभर जन्मिने शिशुको सात प्रतिशत शिशुले जन्म हकिन्सले बताए ।
उनले भन्नुभयो, ‘हरेक नयाँ वर्षको सुरूसँगै हरेक नाइजेरियाली बालबालिकाले आफ्नो जीवनको यात्रा शुरू गर्न सम्भावना उनीहरूलाई जीवन जिउन दिइने अवसरका आधारमा हुनेबारेमा जानकारी दिइन्छ ।’
नाइजेरिया लगायत विश्वका लाखौँ नवजात शिशुका लागि जन्मिएकै दिन कम पवित्र बन्ने गर्छ अर्थात् सोही दिन उनीहरूले मृत्युवरण गर्ने गर्छन् ।
यूनिसेफ प्रतिनिधि पिटर हकिन्सका अनुसार सन् २०१८ मा विश्वभरका २५ लाख शिशुहरूले जन्मेको पहिलो महिनामा नै परलोक भएका थिए भने त्यसमध्ये एक तिहाइले जन्मिएकै दिन देहत्याग गरेका थिए ।
नाइजेरियामा मात्रै गत वर्ष तीन लाख १८ हजार ५२२ शिशुको मृत्यु भएको थियो । मृत्यु भएका शिशुमध्ये अधिकांशको अकालमा मृत्यु हुनेगरेको अर्थात् उनीहरूको अल्पआयुमा हुने मृत्युलाई टार्न थोरै मात्र सावधानी अपनाउँदा सम्भब रहेपनि अभिभावकको लापरर्वाही वा व्यवहारका कारण ती शिशुहरूको मृत्यु हुने गरेको छ ।
उनले भने , ‘प्राय बालबालिकाको जन्म हुँदा वा जन्मिएपछि सावधानी अपनाउन नसक्दा अल्पआयुमा नै मृत्यु हुने गरेको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस