काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’मा जाने बताए ।
कोषको विकासका लागि यसअघि धेरै छलफल भएको उल्लेख गर्दै मन्त्री भट्टराईले आजसम्म भएका छलफलमा आएका सुझाव र बनाइएका योजनालाई केन्द्रमा राखेर मन्त्रालयले तत्काल काम शुरु गर्ने बताए ।
लुम्बिनी विकास कोषको आयोजनामा आज मन्त्रालयमा भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै यसको विकास सरकारको प्राथमिकतामा रहेको बताए।
मन्त्री भट्टराईले मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने बताए। लुम्बिनीको विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उहाँको भनाइ थियो । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिने पनि बताए।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीको विकासका निम्ति विज्ञ, सरोकारवाला निकाय सबैसँग समन्वय गरिने बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, योजनाविद् डा महेन्द्र सुब्बा र इञ्जिनीयरिङ संस्थान पुल्चोकका सहप्राध्यापक डा सञ्जय उप्रेतीले बृहत्तर लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत गरे।
प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारी, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल, पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवाली, विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक डा घनश्याम गुरुङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्राध्यापक डा हृदयरत्न राज्य ब्रजाचार्य, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, अम्बिका श्रेष्ठलगायतले सुझाव दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस