काठमाण्डौ-निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडले राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने वर्तमान सरकारको परिकल्पना साकार पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकले नेपाल हाते कागज उद्यमी सङ्घ, राष्ट्रिय अल्लो उद्यमी सङ्घ नेपाल तथा नेपाल उद्यमशील महिला महासङ्घसँग महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, सहुलियत कर्जा प्रवाहबारे समझदारीपत्रमा हस्ताक्षर गर्न आज राजधानीमा आयोजना गरेको कार्यक्रममा देशको आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले १२ हजार महिला उद्यमी संलग्न रहेको महासङ्घसँग साझेदारी गरेर स्थानीय उत्पादन वृद्धि, उद्यमशीलता विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यले महिला उद्यमीसँग बैंकले साझेदारी गरेको बताएका छन्।
बैंकका अध्यक्ष पवनकुमार गोल्यानले कृषि उत्पादकत्व वृद्धि, जडीबुटी उत्पादन तथा प्रशोधन, लघु तथा साना उद्योगको विकासका खातिर बैंकले रु. १० देखि १५ लाखसम्म विनाधितो छ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्दै आएको जानकारी दिएका छन्। आन्तरिक उत्पादन, रोजगारी वृद्धि तथा निर्यात प्रवद्र्धनलाई बैंकले केन्द्रमा राखेर लगानी गरिरहेको गोल्यानले बताए।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत केसी, हाते कागज उद्यमी सङ्घका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी सङ्घ नेपालका अध्यक्ष बुद्धि पुर्जा मगर र नेपाल उद्यमशील महिला महासङ्घका अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस