काठमाडौं-गैरआवासीय नेपाली संघले नेपाल सरकारले घोषण गरेको नेपाल पर्यटन वर्ष २०२० अभियानलाई सफल पार्न विभिन्न कार्य योजना सार्वजनिक गरेको हो।
पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर संघले यसअघि नै घोषणा गरेका पर्यटन प्रवद्धन वर्ष अन्तर्गत सारेको विभिन्न गतिविधिबारे जानकारी दिएको हो।
यस अभियानमार्फत सरकारको संघको सञ्जाल विस्तार भएका ८० मुलुकबाट पर्यटक भित्र्याउन ‘तीन मित्र आफ्नो मुलुक पठाऊ’ अभियानलाई अघि बढाउने गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले बताए।
उनले भने ‘नमस्ते, अथिति देवभवःलगायतका अभियानलाई निरन्तरता दिने, डाष्स्पोरा मार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवम् पर्यटन प्रवधन गर्ने योजना रहेको छ। नेपालमा पर्यटकहरुलाई देखेपछि प्रत्येक मानिसले हासेर नमस्कार गरौ र विदेशमा पनि नेपालीले मिठो मुस्कानसहित नमस्ते गरौँ। यसो गर्दा हाम्रो संस्कार देखेर पनि पर्गटक हाम्रो मुलुकमा घुम्ने रहर जागोस भनेर रासिट्रय समन्वय परिषदहरुले काम गरिरहेका छन्।’
यस्तै विदेशमा रहेका नेपाली समुदायहरुले गर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने, नेपाली महोत्सव आयोजना गर्ने, विदेशमा विभिन्न संघ–संस्थासंग मिलेर व्यवसायिक कार्यशाला तथा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने, नेपालीद्वारा सञ्चालित रेष्टुरेन्ट र अन्य व्यपसायिक ठाँउमा नेपाललाई चिनाउने सामाग्री राख्ने, नेपालको संस्कुति झलकिने खालका कार्यक्रम गर्ने लगायतका योजना संघले गरिरहेको अध्यक्ष भट्टले बताए।
प्रर्यटन प्रवधनका लागि नेपाललाई चिनाउने विभिन्न मौलिक र सांस्कृतिक पहिचान बोकेका फोटो प्रदर्शनी गर्ने, खेलकुद प्रतियोगिताका कार्यक्रम आयोजना सञ्चालन गर्ने र सरकारले पहिचान गरेका १ सय वटा गन्तव्य स्थलमा बढीभन्दा बढी बाह्य प्रर्यटक र डायस्पोरा भित्र्याउने रणनीति संघले बनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन वर्ष २०२० अभियानका संयोजक सोमनाथ सापकोटा र एक्सपेरिएन्स नेपालका संयोजक दिपेशमान शाक्यले अभियान अन्तर्गतका प्रस्तावित गतिविधिबारे जानकारी गराएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस