काठमाडौँ- नेपालका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जर्मनीको बर्लिनमा जारी योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजबाट बाहिरिएका छन् । बर्लिनमा गएराति भएको प्रि–क्वाटरफाइनलमा दाहाल पराजित भएका हुन् ।
पुरुष यु–१९ एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ सेटमा पराजित भएका हुन् । पहिलो सेटमा उनले फ्रान्सेली खेलाडी गौडिनलाई २१–१८ अङ्कले हराएका थिए । दोस्रो र तेस्रो सेटमा भने उनले कम ब्याक गर्न सकेनन् । प्रिन्सले दोस्रो सेट १२–२१ अङ्कले तथा तेस्रो सेट पनि १२–२१ अङ्कले नै गुमाएको जर्मनीमै रहेका उनका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । यसयसअघि उनले लगातार तीन खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका थिए ।
प्रिन्सले पहिलो खेलमा जर्मनीका कियन यु ओइलाई २–१ सेटमा तथा दोस्रो खेलमा अष्ट्रियाका लेनी सुदर्मालाई २–० ले तथा तेस्रो खेलमा जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमै पराजित गरेका थिए । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्ग्लिस बोर्डिङ स्कूलमा नौ कक्षामा अध्ययनरत छन् ।
प्रिन्स गत साता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा पनि प्रि–क्वाटरफाइनलबाटै बाहिरिएका थिए । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेयका खेलाडीसित पराजित भएका हुन् । विश्व ब्याडमिन्टन सङ्घले गत साता जारी गरेको जुनियरतर्फको विश्व बरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका थिए । यो नेपाली ब्याडमिन्टल खेलाडीको हालसम्मकै ठूलो सफलता हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस