काठमाडौं । त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेदरल्यान्डविरुद्ध नेपालले औसत लक्ष्य दिएको छ । सुरुबाटै आक्रामक देखिएको नेपाल दुई सय रन कटाउने यात्रामा देखिए पनि अन्तिम ओभरहरूमा संयम गुमाउँदा १८२ रनमा रोकियो ।
नेपालका ब्याट्सम्यानहरू कसैले पनि अर्ध शतक बनाउन सकेनन् । टप ४ ब्याट्सम्यानले राम्रो सुरुवात गरे पनि ठूलो इनिङ खेल्न चुके । ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए ।
नेपालको ब्याटिङको फरक विशेषता भनेको चौकाभन्दा अत्यधिक संख्यामा छक्का हान्नु हो । पूरै इनिङमा नेपालले जम्मा ६ चौका मात्र हान्दा छक्का भने १३ वटा प्रहार गर्यो । ब्याट्सम्यानहरू बललाई हावामा खेल्न नै तल्लीन देखिए । जसले गर्दा पछिल्ला ओभरमा लगातार विकेट गुमाएर ठूलो स्कोरमा पुग्न सकेन ।
नेपालका लागि कुशल भुर्तेलले आफ्नो विष्फोटक शैलीलाई निरन्तरता दिए । आफूले सामना गरेको चौथो बललाई छक्का प्रहार गरेका कुशलले नवौं बलमा अर्को छक्का थपे । तर, लगातार छक्का हान्न खोज्दा उनी दसौं बलमा आउट भए । अघिल्लो बलमा छक्का लागि सकेपछि सम्हालिएर खेल्नुको साटो उनले महत्वाकांक्षी भएर रिस्की सट खेल्दा विकेट गुमाउनुपर्यो ।
कुशल आउट भएपछि आसिफ शेख र रोहित पौडेलले केही बेर सम्हालिएर खेले । यो जोडीबीच ५९ रनको बलियो साझेदारी भयो । १९ बलमा २५ रन हानेका रोहित आउट भए । आसिफ पनि ४७ रनमा आउट भएपछि नेपालको इनिङ बरालिन थाल्यो ।
पार्टनरसीप बिल्ड गर्ने भन्दा पनि २ सय रन कसरी कटाउने भन्ने ध्याउन्नमा खेलाडी देखिए ।
दीपेन्द्र सिंह ऐरी आए र गए । लगातार ३ छक्का हानेका कुशल मल्ल पनि क्रिजमा धेरै बेर टिकेनन् । उनी आउट भएपछि विकेटको खोलो नै बक्यो । सातौं नम्बरमा प्रमोट गरिएका करण केसी एक छक्का हानेर आउट भए । त्यसपछिको दुई बलमा गुल्शन र आरिफ शेख ठूलो प्रहार गर्न खोज्दा लगातार बलमा आउट भए ।
१७ ओभरको खेल समाप्त हुँदा नेपालले केवल ४ विकेट गुमाएको थियो भने स्कोरबोर्डमा १५८ रन चढिसकेको थियो । नेपाल २०० रन कटाउने अवस्थामा देखिन्थ्यो । तर, त्यसपछिका १८ बलमा नेपालले चार विकेट गुमाएर २६ रन मात्र जोड्न सक्यो । सबै ब्याट्सम्यानहरू हावामा सट खेल्दा आउट भएका थिए । नत्र त्रिविको पिच ब्याटिङका लागि असहज थिएन । नेदरल्यान्ड्सको बलिङ पनि वाउ भन्ने खालको होइन । खाली नेपाली ब्याट्सम्यानमा सुझबुझको कमी देखियो । वा, दर्शकको अत्यधिक समर्थनले उनीहरु हौसिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस