काठमाडौं-कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् ।
इङ्ल्यान्ड र इरान
पहिलो खेल इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २०औ स्थानमा छ ।
हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह बी को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा छ । इरान भने खेल बराबरी गर्ने रणनीतिमा छ ।
सेनेगल र नेदरल्यान्ड भिड्दै
दिनको दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने दश बजे अल थुमामा मैदानमा हुनेछ । सेनेगल फिफा वरियतामा १८औं स्थानमा रहँदा नेदरल्यान्ड्स आठौं स्थानमा छ । सेनेगल आफ्ना प्रभावशाली अट्याकर साडिओ मानेबिना मैदान उत्रने पक्का छ । माने घाइते छन् ।
यता, नेदरल्यान्ड्स भने आफ्नो अपराजित यात्रा १५ खेलबाट बढाउन चाहन्छ । लुइस भान गालको नेतृत्वमा रहेको नेदरल्यान्ड्स मानेको अभावमा फाइदा उठाउँने योजनामा छ । स्ट्राइकर मेम्पिस डिपाएले नेदरल्यानड्सको यात्रामा फिनिसिङ पक्षमा उत्कृष्ट साथ दिनेछन् । समूह ए को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० अन्तरले पराजित गर्दै बलियो सुरुवात गरिसकेको छ ।
अमेरिका र वेल्स प्रतिस्पर्धामा
दिनको अन्तिम खेलमा अमेरिका र युरोपेली राष्ट्र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे अहमेद विन अलि मैदानमा हुने तालिका छ । वेल्स फिफा वरियतामा १९औं स्थानमा रहँदा अमेरिका १६औं स्थानमा छ । समूह बी को खेलमा दुबै टोली विजयी हुँदै सुखद् सुरुवात गर्न चाहन्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस