काठमाडौं – कोरोना भाइरस (कोभिड—१९) को उपचार गर्नबाट निजी अस्पतालले उन्मुक्ति हुन नमिल्ने गरी सर्वोच्च अदालतले
आदेश जारी गरेको छ । कुनै पनि बहानामा कोरोना संक्रमित बिरामीको उपचारबाट वञ्चित गर्ने अधिकार निजी अस्पताललाई नभएको भन्दै तत्काल खोलेर सेवा सञ्चालन गर्न आदेश जारी भएको छ ।
अधिवक्ता पुुष्पराज पौडेल र सरोजकृष्णले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले निजी अस्पतालमा भएको बेड आईसीयू, भेन्टिलेटरलगायत कोरोना भाइरसको उपचार गर्ने आवश्यक व्यवस्था मिलाउन भनेको छ ।
आम मानिसलाई स्वास्थ्योपचार उपलब्ध गराई महामारीबाट जोगाई स्वस्थ्य जीवनको प्रत्याभूत गर्ने कार्य निजी अस्पतालको पनि भएको आदेशमा भनिएको छ ।
कोरोना संक्रमितका लागि निजी स्वास्थ्य संस्थाको प्रयोग हुनुपर्ने र त्यसका लागि सरकारले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग राखी दर्ता भएको रिटमा निवेदकका साथै अधिवक्ता टीकाराम भट्टराई, खगेन्द्रप्रसाद अधिकारी, पूर्णिमा रिमाल गुरागाईं, राजु खड्का, कल्याण पोखरेल र रमणकुमार कर्णले बहस गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस