हेटौंडा– किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बुुधबार दिउँसोदेखि कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण हुने भएको छ ।
सरकारले परीक्षणका लागि चीनबाट ल्याएको किट, औषधि, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई मंगलबार आईपुगेको थियो ।
बुधबार दिउँसो ३ बजेसम्ममा आवश्यक जनशक्ति सहित सामग्री हेटौंडामा पुग्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए ।
विज्ञको अभावमा भाइरसको अध्ययन गर्न र स्वरूप परिवर्तनबारे जानकारी दिन हेटौंडामा ल्याब संचालनमा आउन सकेको थिएन ।
भाइरस, ब्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौंडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो ।
२०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको ल्याबमा अहिले ल्याब टेक्निसियन निरीक्षक र ल्याब असिस्टेन्ट गरी दुई जनामात्र प्राविधिक कर्मचारी रहेका छन् ।
यो ल्याब सञ्चालन भए मानव शरीरमा न्यून घनत्वमा रहने भाइरसको परीक्षण र संक्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तनको अध्ययन गरी रोग पहिचान गर्न सकिने डाक्टरहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस