काठमाडौं – विस्तारै गर्मी बढ्न थालेकाे छ । अबकाे समय भनेकाे हामीले हाम्राे स्वास्थ्यकाे विशेष चासाे राख्नुपर्छ । अझ गर्मीमा सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । गर्मी मौसम छाला सम्बन्धी रोगका लागि पनि सवंदनशील मौसम मानिन्छ । यस समयमा सूर्यको किरणको ताप चर्को हुने तथा वातावरणमा सूक्ष्म जीवाणु समेत देखा पर्ने गर्छन् ।
सूर्यको किरणले छालालाई केही असर नगरोस् भन्नका लागि यसको हेरचाह र ख्याल राख्नुपर्ने हुन्छ । गर्मी मौसममा विशेष गरी तापक्रम बढी हुने हुँदा शरीरमा पसिना बढी आउँछ । पसिनाले गर्दा छालामा प्रभाव पार्दछ । जसका कारण फंगल इनफेक्सन हुने, दाद, दुबी, छाला बाक्लो हुने, घमौरा आउने, छालामा घाउ हुने र चिलाउने समस्याहरू देखिन्छन् । सूर्यको किरण सिधै पर्दा चाँडै चाउरी पर्ने समस्या पनि देखिन्छ ।
गर्मिमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरता मार्छ र छालालाई फुस्रो बनाउँनुका साथै अनुहारमा चायाँ पोतो ,डण्डिफोर लगाएतका समस्याहरु देखा पर्ने गर्दछ । त्यसकारण यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।
सुन्दर र आर्कषक अनुहार सबैको चाहाना हुन्छ । सुन्दर बनाउने भन्दैमा अनुहारमा बजारमा पाईने जुन सुकै समाग्रीहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । अझ हामिले गर्मीयाममता छाला तथा अनुसारको ज्यादा ख्याल राख्नुपर्ने हुन्छ । धुलो, धुँवा र चर्को घामले गर्दा छाला डढेर विभिन्न समस्या देखापर्दछ । घामको किरणले छालालाई असर नगरोस भनेर नै छालाको हेरचाह गर्नु पर्दछ ।
छालाको हेरचाह गर्ने उपायहरु यस प्रकार छन् :
– मौसम अनुसारका ताजा फलफुलहरु खाने
– प्रसस्त मात्रामा हरियो सागसब्जी खाने
– घाममा निस्कनुभन्दा आधा घन्टा अगाडि सनस्क्रिन लगाउने,
– दिनभर घाममा निस्कदा तीन– तीन घन्टाको अन्तरमा सनस्क्रिन लगाउने
– घर बाट बाहिर निस्कदा छाता वा क्यापको प्रयोग गर्ने
– कम्तिमा ५० एसपीएफ युक्त सनस्क्रिन प्रयोग गर्ने
– स्किन टोनर वा गुलावजलको प्रयोग गर्ने, यसले छालालाई शीतलता प्रदान गर्छ,
– दिनमा दुई पटक किलिन्जिङ गर्ने
– बेलुका सुत्नु अगाडि अनुहारलाई राम्रोसँग धोएर नाइट क्रिम लगाएर सुत्ने
– महिनामा दुई पटक फेसियल गर्ने
– आफ्नो छालालाई उपयुक्त हुने फेस प्याक र फेस वासहरु प्रयोग गर्ने
– कम्तिमा ६ देखि ८ घण्टा सुत्ने
सिनियर ब्युटिसियन रश्मिला श्रेष्ठका अनुसार मानिसको छाला तीन प्रकारका हुन्छन् । फुस्रो छाला, निकै चिल्लो छाला र सामान्य छाला । गुण, अवस्था र प्रकार अनुसार छालाको स्याहार गर्नुपर्ने उनि बताउँछिन । गर्मीमा बढी चिल्लोपना हुने छालामा समस्या देखिने उनको भनाइ छ ।
ड्राइ छालाको हेरचाह
स्किन ड्राइ छ भने घरको भान्छामा पाइने सामग्री प्रयोग गरेर फेस प्याक बनाउन सकिन्छ । दैनिक मुख सफा गर्न सफा पानी र फेसवास प्रयोग गर्दा राम्रो हुन्छ । हप्ताको दुई पटक स्क्रबको प्रयोग गर्नु छालाको लागि राम्रो मानिन्छ । गर्मी महिनामा शरीरमा पानीको कमी भई डिहाड्रेसन हुने समस्या हुन्छ, तसर्थ छालालाई मोइस्चर राख्नु जरुरी हुन्छ ।
गर्मी मौसममा भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु उपयुक्त मानिन्छ । गर्मीमा ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु आवश्यक हुन्छ । अन्डाको सेतो भाग, कागतीको झोल, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर आवश्यक पेस्ट बनाएर लगाउनु राम्रो मानिन्छ । यस्तै, कागती, टमाटर र घ्युकुमारीको जुस अनुहारमा लगाउनु उपयुक्त मानिन्छ ।
चिल्लो छालाको हेरचाह
चिल्लो छाला भएकाहरूलाई पिम्पलले निकै दुःख दिने गर्छ । जसका लागि गर्मियाममा चिल्लो छाला भएकाहरुले कागती र दही मिक्स प्याक बनाएर हप्तामा एक पटक अनुहारमा लगाउनुपर्छ । यसो गरे अनुहारको प्राकृतिक चिल्लोपना कम गर्छ । यसको साटो बेकिङ पाउडर र कागतीको मिक्समा पेस्ट बनाएर लगाउन पनि सकिन्छ । चिल्लो छालाको लागि कागती, टमाटर, एलोबेरा, दही र मुलतानी माटो लगाउन पनि उपयुक्त मानिन्छ ।
सामान्य छाला
सामान्य छाला हुनेहरूका लागि मोस्चराइजर आवश्यक हुन्छ । मौसम अनुसारको फलफूल र आवश्यक मात्रामा पानी पिउनुपर्ने हुन्छ । गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खान, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक/दुई पटक फेस प्याक लगाउन र फेसियल गर्न ब्युटिसियनहरु सुझाब गर्दछन् । उनीहरूका अनुसार अनुहारको सुन्दरतालाई बढाउने मुख्य गहना मुस्कान हो । तसर्थ सधै मुस्कुराउनु पनि सुन्दर हुनु हो ।
थप जानकारीको लागि :
(रश्मिला श्रेष्ठ नेपालको बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत डेढ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-356385(BG mall) 9841641940 )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस