नयाँदिल्ली- भारतको गुजरातको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बिए गोलकियाले गाईको पिसाबमा सुन भेटिएको दाबी गरेका छन् । उनले आफ्नो एक अनुसन्धानबाट यो प्रमाणित गरेका छन् की गाईले दुधमात्र होइन सुन पनि दिने गर्छ ।
गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरु निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ ।
धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदाहुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको छ । किनकी गाईको पिसाबमा सुन भेटिएको छ ।
विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका प्रमुख गोलकियो आफ्नो ४ बर्ष अघि गरेको अनुसन्धानका क्रममा ३ सय भन्दा बढि गाईको पिसाबको निरन्तर परीक्षण गरेका थिए ।
गौमुत्रको परीक्षण पश्चात वैज्ञानिकहरुले गाईको १ लिटर गहुँतमा ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिन्छ भन्ने नयाँ समेत पत्ता लगाएका थिए । । उनका अनुसार गहुँतमा लवणको रुपमा सुन पाइन्छ जुन पानीमा घुलनशील हुन्छ ।
जुन २८ २०१६ मा इण्डिया टाइम्सले छापेको खबर अनुसार शोधकर्ताहरुले क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमी विधिको प्रयोग गरी गौमुत्रको परीक्षण गरेका थिए ।
शोधकर्ताका अनुसार गाईको साथै उँट, भैँसी तथा भेँडाको पिसाब पनि परीक्षण गरिएको थियो । तर अन्यको पिसाबमा सुन भेटिएन, केबल गाइको पिसाबमा मात्र सुन भेटियो ।
साथै शोधकर्ताहरुले गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीय तत्व समेत फेला पारेका छन् । यी औषधिय तत्वमा मानिसको सरीरमा लाग्ने विभिन्न खाले रोग निको पार्ने दाबी शोधकर्ताको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस