हाम्रो समाजमा हामीले विभिन्न प्रकृतिका शरिर भएका मानिस देखेका छौँ । कोही मोटा छन् भने कोही दुब्ला । इन्टरनेट सञ्जालमा कहिले काहिँ त बडो अचम्मका मानिसहरु देखिन्छन् जो हामीलाई विश्वास नै लाग्दैन । एक पटक सोच्नुस त मान्छेको तौल बढीमा कति किलो सम्म हुन्छ ? तपाई ८०–९० किलो भन्दा बढी भन्दा नै मुख बाउन थाल्नुहुन्छ ।
तर यो समाचारमा हामी ८०–९० किलोका मानिसको चर्चा गर्न लागरिहेका छैनौँ । यहाँ हामी १९३ किलो तौल भएका मानिस त्यो पनि बालकको बारेमा चर्चा गर्न गइरहेका छौ । यी एक इण्डोनेशीयाका बालक हुुन् जसले हाल आफ्नो तौलमा व्यापक परिवर्तन गराएका छन् । कुनै बेला विश्वकै मोटा वालकको तक्मा भिरेका बालक बारे जानौँ रोचक तथ्य |
१९३ किलो तौल रहेका आर्या परमाना जो संसारकै मोटो बालक भनेर चिनिन्छन् उनले १०८ किलो तौल घटाएर सबैलाई चकित पारेका छन् ।
कडा परिश्रम र मेहनत साथ तौल घटाएका उनको तस्वीर अहिले सामाजिक संजालमा भाइरल भएको छ । डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार आर्या परमानाको तस्बिर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले सार्वजनिक गरेका हुन् । उनको यो मेकओभरको पछाडि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत रहेको उनको परमानाका पिताले बताए ।
आर्याको एउटा सर्जरी भइसकेको छ । तर उनको शरीरमा अझै पनि झोलिएका छालाहरु बाँकी छन् । ती छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।
आर्याले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए । ट्रेनर अदेका अनुसार सुरुमा उनले आर्याको दिनचर्याको बारेमा सोधपुछ गरे र सन्तुलित आहाराबाट उनको तौल घटाउन प्रयास गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस