काठमाडौं-कोरोना संक्रमणका कारण विश्वभरका मानिसहरुमा अनेक डर, त्रास, चिन्ता र समस्याहरु आईरहेका छन् । सोच्नुस् त कोरोना संक्रमण पश्चात कसैको मृत्यु भईहालेमा उसको परिवारलाई लास सम्म दिइदैन । यस्तो बेला अस्पतालले दिएको सूचना नै अन्तिम सत्य बन्दछ । सूचना सुनेर शोक गर्नुको कुनै विकल्प छैन ।
तर यसरि शोक गर्दागर्दै तपाईको मान्छे जिउँदै हुनुहुन्छ भन्दा कस्तो होला? त्यस्तै घटना घटेको छ दक्षिण अमेरिकी राष्ट्र इक्वेडरमा ।
केही दिन अघि कोरोना संक्रमित इक्वेडरकी ७४ वर्षकी वृद्धा अल्बा मारुरीको परिवारलाई अस्पतालले अल्बाको मृत्यु भएको जानकारी दिएको थियो ।
संक्रमण फैलिन सक्ने जनाउदै अस्पतालले नै उनको अन्तिम संस्कार गरेर परिवारलाई अस्तु पठाएको थियो । अल्बाको मृत्युको खबर पाएकोे उनको परिवार शोकमा डुबेको थियो । उनका परिवारले अल्बाको अन्तिम संस्कारको बाँकी विधि समेत पूरा गरेका थिए ।
अचम्म त तब भयो जब कोमामा रहेकी अल्बाको होस खुल्यो र उनले परिवारलाई जानकारी दिन आग्रह गरिन् । तबमात्र केही दिन अघि अल्बा ठानेर अन्तिम संस्कार गरिएकी महिला अल्बा नभएको अस्पतालले जानकारी पायो ।
तीन हप्तासम्म कोमामा रहेकी अल्बाले आफ्नो परिचय दिएपछि अस्पतालले उनका परिवारलाई उनी जीवितै रहेको सूचना दियो । मृत्यु भइसकेकी अल्बा जीवितै रहेको थाहा पाएपछि परिवारको खुसीको सीमा रहेन ।
पहिचान गर्न गल्ती भएको स्वीकार्दै अस्पतालले अल्बा र उनका परिवारसँग माफी मागेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस