भनिन्छ तिललाई पाहाड नबनाउनु । तर छिमेकी मुलुक भारतमा यौटा यस्तो घटना घटेको छ जुन माथि उल्लेखित उखान सँग ठ्याक्कै मिल्छ । हेर्नुस् त- अण्डा नकिनिदिदा सम्बन्ध नै सक्किएको ।
श्रीमानलाई छोडेर पोइल गएका घटना त सुनिन्छन तर रोचक त् के भने, पोइल जानुको कारण अण्डासमेत बन्दो रहेछ ।
लोग्नेले अण्डा नल्याइदिएको निहुँमा एकजना महिला पोइल गएकी छिन् । गोरखपुरको क्याम्पियरगञ्ज गाउँमा बस्ने ती महिला ४ महिना पहिले पनि प्रेमीसँग भागेर केही दिनपछि घर फर्किएकी थिइन् । तर यो पाला चाहीँ अण्डाको निहुँमा उनले लोग्नेलाई छाडेर प्रेमीसँग पोइल गएरै छाडिन् । यो घटना गत अक्टोबर महिनाको हो |
चार महिनाअघि आफू भागेको त्यो घटनाका बारेमा पुलिससँग बयान दिने क्रममा ती महिलाले अण्डा खान नपाएकै कारण आफू लोग्नेसँग बेखुस भएको खुलासा गरेकी थिइन् । उनका अनुसार लोग्नेचाहिँले उनलाई अण्डा खान नदिएका कारण उनलाई निकै चित्त दुखेको रहेछ ।
गत शनिवार पनि अण्डाकै विषयमा उनको लोग्नेसँग झगडा पर्यो र घरबाट निस्किन् । उनका प्रेमी पनि आफ्नो घरमा नभएका कारण उनी प्रेमीसँगै पोइल गएको अनुमान गरिएको छ । ती महिलाका पतिले दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका थिए। त्यसैले परिवारका लागि दिनहुँ अण्डा किनेर ल्याउन नसकेको उनले बताए ।
आफ्नो यहीँ कमजोरीको फाइदा उठाउँदै पत्नीको प्रेमी बेला बेलामा अण्डा लिएर आफ्नो घरमा आउने गरेको पनि उनी बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस