काठमाडौ-कोरोना संक्रमणको असर विश्वव्यापी रुपमा रहदै आएको छ । सामानिक, आर्थिक रुपमा त यसको असर प्रत्यक्ष रुपमा नै देखिएको छ । त्यसका अलावा कोरोना संक्रमणको असर परिवार भित्र समेत प्रवेश गर्न थालेको छ ।
हालै जापानमा नयाँ व्यापार फस्टाउदै गइरहेको छ । परिवार सँग लामो समय बस्दा मानिसहरुमा खटपटी पैदा हुन थालेपछि त्यहाँ घरबाट टाढै बसौँ भन्ने व्यवसाय चल्न थालेको छ ।
उक्त व्यवसायका संस्थापकका अनुसार उनको सँगै बस्दै आएकी महिलासँग खटपटी बढेका कारण उनमा नयाँ व्यवसाय गर्ने सोच आएको थियो जस अनुसार घर बस्दा दिक्क भएकाहरुलाई बसोबासको प्रबन्ध मिलाइन्छ ।
यस अघि अधिकांश घर बाहिर रहदा उनीहरुमा विवाद गर्ने फुर्सद नभएको तर हाल एक्कासी सँगै हुँदा उनीहरुमा परिवार व्यवस्थापनमा समस्या भएको ती व्यवसायी बताउछन् ।
सामसुङ मेडिकल सेन्टरका मनोपरामर्शदाता जियोन होङ जिनका अनुसार हाल अधिकांश मानिसहरु काम बाहिर भएका कारण उनीहरु एक प्रकारको अवकाश जिवन विताइरहेका छन् र यो घर झगडाको प्रमुख कारक हो ।
सँगै घरमा लामो समय बसेका कारण उनीहरु बिच झगडा बढ्ने गरृको बताउदै उनले त्यसले परिवार तहसनहस समेत हुन थालेको बताएका छन् ।
यदि यही तरिकाले मानव जिवनमा संकट आइरहेमा यसको स्वरुप भयावह हुने समेत उनले बताएका छन् ।
यो समय पिडाको हो र यो बेला मिलेर बस्नुको विकल्प नरहेको समेत उनले बताएका छन् । यो बेला आउने समस्याको मिलेर समाधान गर्नु नै हालको उत्तम समाधान रहेको पनि उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस