काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोभिड–१९ विरुद्धको तीनवटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतमा तीन वटा खोप विकासको चरणमा रहेको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले भारतका प्रत्येक नागरिकको स्वास्थ्य अवस्था पहिचान गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउन स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्ने काम भइरहेको समेत बताएका छन् । प्रधानमन्त्री मोदीले भने, “एउटा होइन, दुईवटा होइन, कोरोनाभाइरस विरुद्धको तीनवटा खोप परीक्षण गरिदैछ ।” उनले सामान्य रुपमा वितरणका लागि भारी मात्रामा खोप उत्पादनको सबै तयारी पुरा भएको समेत जानकारी दिएका छन् ।
भारतमा कोरोनाभाइरस सङ्क्रमणबाट करिब ४८ हजार बिरामीको मृत्यु भइसकेको छ । करिब २४ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।
स्वतन्त्रता दिवसको शुभकामना दिन देशबासीलाई सम्बोधन गर्दै उनले भने, “हामी सबै खोपका लागि प्रतिक्षारत छौं, तीन प्रकारको खोप परीक्षणको चरणमा छन् ।” “हाम्रा विज्ञ वैज्ञानिकहरुले हरियो संकेत दिने बित्तिकै भारतमा निर्मित खोप छिट्टै उपलब्ध हुनेछ ।”– उनले अगाडी थपे ।
प्रधानमन्त्री मोदीले भारतको हरेक नागरिकसम्म खोप पुग्ने गरी पूर्बाधार तयार गरिएको उल्लेख गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस