दमौली-गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित तमुसार क्होवेमा गुरुङ जातिको सङ्ग्रहालय निर्माण गरिएको हो ।
तमु सुधार समाजले रु एक करोड १० लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको समाजका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।
गुरुङ जातिको रितिरिवाज, संस्कार र संस्कृति अध्ययन अवलोकन गर्नका लागि उक्त सङ्ग्रहालय उपयुक्त स्थल बन्न सक्ने गुरुङले बताए ।
व्यास नगरपालिका, गण्डकी प्रदेश सरकार र स्थानीय जनसहभागितामा सङ्ग्रहालय निर्माण गरिएको हो ।
गुरुङका अनुसार सङ्ग्रहालय निर्माणका लागि व्यास नगरपालिकाले रु १८ लाख र गण्डकी प्रदेश सरकारले रु ११ लाख सहयोग गरेको छ भने बाँकी रकम समाजकै सदस्यबाट उठाइएको छ ।
सङ्ग्रहालय निर्माण सम्पन्न भइसकेको र सङ्ग्रहालयभित्र राखिने सामग्री सङ्कलनमा जुटेको गुरुङले बताए । “ गुरुङ जातिको संस्कृति झल्कने विभिन्न सामग्री राख्ने तयारी गरेका छौँ, सङ्ग्रहालयभित्र छिरेपछि जन्मेदेखि मृत्युसम्मको सबै संस्कार हेर्न पाइन्छ”, उनले भने ।
सङ्ग्रहालय निर्माणका लागि पूर्व लाहुरेहरुले पेन्सन रकम सहयोग गरेका छन् भने कतिपयले स्वेच्छिक रुपमा चन्दा सहयोग गरेका छन् ।
जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङ र भीमराज गुरुङले तयार गरेको गुरुङ संस्कृति झल्काउने चित्रहरु सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस