मस्को-विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ ।
रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समय अनुसार सोमबार जानकारी गराएका हुन् ।
‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य दुई करोड ३० लाखदेखि तीन करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्र्सले जनाएको छ ।
लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ ।
“यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो, यस उत्कृष्ट धातुको बारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निश्कर्ष निकालेको थियो,” विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ । रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो । हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस