सोल – दक्षिण कोरियामा अंगदान गर्न इच्छुक किशोर किशोरीहरुको संख्यामा बृद्धी भएको पाइएको छ । “द कोरियन नेटवर्क फर अर्गान सेयरिङ” ले दिएको जानकारी अनुसार किशोरावस्थाका अंगदान गर्न इच्छुकहरुको संख्यामा ठूलो परिवर्तन पाइएको हो ।
गत बर्षको जुलाईबाट यस बर्षको अगष्ट सम्ममा अंगदानका लागि फारम भर्ने किशोर किशोरीको संख्या ३२२५ रहेको छ । यो संख्या अघिल्लो बर्षको सोही समयको भन्दा १४.७ प्रतिशतले बढी हो । यता हाल सम्म फारम भर्ने मानिसहरुको संख्यामा भने १६ प्रतिशतले ह्रास आई ७६,३८९ मा झरेको छ ।
संस्थाले स्वयंसेवी रुपमा युवा तथा किशोर किशोरीहरुले कुनै फाइदा नहेरी अंगदान गर्न देखाएको चासो सरहानीय रहेको बताएको छ । संस्थाले अंगदान गर्न कुनै जवरजस्ती नगरिएको बताउदै परिवारले चाहेमा उक्त निर्णय दाताको निधन अगावै फिर्ता लिन समेत सक्ने छन् ।
संस्थाका अनुसार हाल दक्षिण कोरियामा प्रति १० लाख जनसंख्यामा ८.६८ जनाले अंगदान गर्दछन् । अंगदान गर्ने मानिसहरुको संख्या स्पेनमा सोही अनुपातमा ४८.९ जना रहेको छ भने अमेरिकामा ३६.८८ रहेको छ । यी देशहरुको तुलनामा दक्षिण कोरियामा अंगदान अत्यन्त कमले मात्र गरेको संस्थाले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस