भरतपुर – भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष बनाउन लागिएको हो । विसं २०२० मा बनेको अस्पतालको आकस्मिक कक्षमा जम्मा १० शय्या क्षमता रहेको छ । समयअनुसार बिरामीको चापलाई ध्यान पुर्याएर नयाँ भवन बनाउन लागिएको उहाँको भनाइ छ । अब बन्ने आकस्मिक कक्षमा ५० शय्या रहनेछन् ।
स्वास्थ्य मन्त्रालयको रु नौ करोडमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । हाल बोलपत्रमा आकस्मिक कक्षका लागि भुइँतला मात्रै बनाइने भए पनि आगामी वर्ष थप दुई तला बनाउन मिल्ने गरी नक्शाङ्कन गरिएको छ । माथिल्लो तलामा ट्रमा सेन्टर बनाउने योजना रहेको डा अधिकारीले बताएका छन् ।
आकस्मिक कक्षमा ट्रमा सेन्टरसहित शल्यक्रिया कक्षसमेत रहने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । उनले भने, “आकस्मिक कक्ष बनेपछि शय्या अभावमा बिरामी बाहिर जानुपर्ने बाध्यता रहँदैन ।” आकस्मिक कक्षका परीक्षणका उपकरणसहित बिरामीलाई सबै सुविधा त्यसैभित्र हुने उनको भनाइ छ । बिरामी आएलगत्तै जटिलताका हिसाबले छुट्याएर बिरामीको उपचार गर्ने व्यवस्था गरिनेछ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष हुनेछ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार आकस्मिक कक्षमा वार्षिक ४० हजार हाराहारी बिरामी आउने गर्दछन् । शय्या थप गरेसँगै यो सङ्ख्या बढ्ने उनले बताए । उनले भने, “ठूलो दुर्घटना हुँदा आकस्मिकरूपमा धेरै बिरामी राखेर उपचार गर्न सकिएको थिएन । नयाँ भवन बनेसँगै अब त्यो सम्भव छ ।” राजधानी भित्रिने र बाहिरिने पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पूर्वपश्चिम राजमार्गलगायतका धेरै सडक सञ्जालसँग जोडिएकाले यहाँ दुर्घटना धेरै हुने गर्दछन् । सरकारी अस्पतालको आकस्मिक कक्ष सानो र सुविधा नहुँदा अधिकांश दुर्घटनाका घाइते निजी मेडिकल कलेजमा लैजानुपर्ने बाध्यता छ ।
अहिलेको प्रशासनिक भवनको पछाडि रहेको खाली ठाउँमा आकस्मिक भवन बनाइँदैछ । देशकै मध्यभागमा रहेकाले यहाँ देशका १९ जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । भूकम्पको समयमा पहाडी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी यहाँ ल्याएर उपचार गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस