काठमाडौं- सरकारले सोमबार जलविद्युत आयोजनामा लगानी गर्न आह्वान गरेको २४ घण्टा मै आधा अर्ब बढी प्रतिबद्धता आएको छ | स्वदेशी लगानीका लागि अनलाइनबाट आवेदन लिन सुरु गरेको सरकारले हिजोबाट शुरु गरेको थियो | आवेदन आह्वान गरेको २४ घण्टामै ५७ करोडको प्रतिवद्धता आएको हो उर्जा मन्त्रालयले जनाएको छ |
मन्त्रालय अनुसार मंगलबारसम्ममा ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ ।
वेबसाइटमा आवेदन भरेर लगानीको प्रतिद्धता जनाउन नागरिकहरु उत्साहित देखिएका छन् । २४ घण्टामा लगानी प्रस्ताव गर्दै व्यक्तिगत आवेदन दिनेको संख्या ९ हजार १ सय ६५ पुगेको छ ।
व्यक्तिगत रुपमा ५५ करोड १८ लाख ६९ हजार ४ सय ८० रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उर्जा मन्त्रालयले जनाएको छ ।
यो अवधिमा व्यक्तिगत बाहेक ६ वटा कम्पनीले पनि लगानीको प्रतिवद्धता जनाएका छन् । यी कम्पनीहरुले कम्पनीहरु २ करोड ४६ लाख २५ हजार रुपैयाँ लगानी गर्ने गरी आवेदन भरेका छन् ।
मंगलबार मात्रै ३ हजार २ सय ६४ जनाले लगानी गर्ने भन्दै आवेदन दिएका छन् । मंगलबार अपरान्ह ४ बजेसम्म १८ करोड ७० लाख ३० हजार ६५ रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।
तपाई पनि निम्न लिंकमा गएर प्रतिबद्धता जाहेर गर्न सक्नुहुने छ
http://www.moenonline.moen.gov.np/login
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस