एजेन्सी । इन्डोनेशियाको वेस्ट जाभास्थित सुकाबुमी नामक एउटा सानो गाउँमा बस्ने आठ वर्षीय बालक अहिले धेरैका निम्ति प्रेरणाका पात्र बनिरहेका छन् । जन्मदै शारीरिक रुपले अशक्त, अब्दुल होलिकका दुवै खुट्टा चल्दैनन् ।
यसरी दुवै हातमा चप्पल लगाएका अब्दुल हात टेकेरै चट्टानयुक्त भिरालो बाटो हुँदै ६ किलोमिटर टाढा रहेको विद्यालय सम्मको संघर्षपूर्ण यात्रा गर्ने गर्दछन् । यसैले विद्यालयभर उनको बहादुरीको अधिक चर्चा हुने गरेको छ । शारीरिक अशक्ततालाई कहिल्यै आफ्नो कमजोरी बन्न नदिएका अब्दुलले तीन वर्षको हुँदादेखि नै आफूलाई विद्यालय पठाउन बिन्ती गर्ने गरेको आमा पिपिन बताउँछिन् । उनले भनिन् , ‘अब्दुल पढ्न सिक्न चाहान्थ्यो र कसरी अरुजस्तै बन्ने भनेर सोध्ने गर्दथ्यो । तर म आफ्नो अशक्त छोरालाई कहाँ पढाउने भन्नेबारे ठूलो द्विविधामा थिएँ । ’ उनका अनुसार यसै चिन्ताले उनी रातरातभर जाग्ने गर्थिन् । तर केही समयपछि उनले हप्तौँ लगाएर एक विद्यालयको खोजी गरिन् जो अब्दुललाई शारीरिक कमजोरीका बावजुद अपनाउन तयार थियो ।
तर सो स्कुल उनको घरबाट ६ किलोमिटर टाढा भएको हुँदा पहिले त पिपिनले अब्दुललाई स्कुल पठाउन सम्भव छैन भन्ने ठानेकी थिइन् । किनकी त्यो सानो गाउँमा बस लगायत सवारीको कुनै सुविधा थिएन । तरपनि अब्दुल र उनको परिवार यस विषयमा दृढ थिए । यसैले उनीहरुले अब्दुललाई बिस्तारै हातले हिँड्न सिकाए र पिपिनको सहायतामा अब्दुल स्कुल जान थाले । अहिले उनी एक्लै सबै भिरालो बाटो पार गर्न सक्षम भइसकेका छन् । अब्दुलका अनुसार उनलाई वर्षायाममा मात्र बाटोहरु चिप्लो र जोखिमयुक्त हुने गरेकाले कठिनाइ हुने गरेको छ ।
त्यसैले ती दिनहरुमा परिवारले उनलाई ट्याक्सी वा मोटरसाइकलमा राखेर लैजाने गरेका छन् । तर एक किलोमिटरको सवारी शुल्क (इन्डोनेशियाको मुद्रा) आइडिआर ७,००० लाग्ने हुँदा परिवारसँग अतिरिक्त पैसा भएका बेला मात्र उनले यस्तो सुविधा पाउने गरेका छन् । परिवारले नसकेको अवस्थामा उनी जोखिम मोलेर वर्षामा पनि हात टेकेरै स्कुल पुग्ने गरेका छन् । डाक्टरले पनि दुःख र पीडामा भएकालाई मद्दत गर्ने भएकाले आफूलाई यसमा पनि अधिक रुची रहेको उनले बताएका हुन् । यसरी शारीरिक कमजोरीका बावजुद अब्दुल आफ्नो सपना पूरा गर्न निरन्तर संघर्ष गरिरहेका छन् र सबैका लागि प्रेरणा बनिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस