कोरिया भन्ने वित्तिकै तपाइ हाम्रो दिमागमा एउटै कुरा आउछ, भाषा परिक्षा पास गर्ने, त्यहाँ गएर कृषि तथा प्रविधिमा काम गरेर पैसा कमाउने । तर कोरिया त्यतिमा मात्र सिमित छैन । कोरियामा संसारमै नभएका विभिन्न रोचक विषयवस्तुहरु छन् जसले कोरियाको समृद्धिको यात्रालाई यो उचाई सम्म ल्याउन सफल भएका छन् । आउनुस् आज कोरियाका बारेमा १० रोचक तथ्य जानौँ ।
१. कोरिया प्रविधि पारखिका लागी स्वर्ग हो
कोरिया प्रविधिका पारखिहरुका निम्ति स्वर्ग हो । यहाँ विश्वकै छिटो गतिको इन्टरनेट चल्छ । अध्ययनका अनुसार कोरियाको औसत ब्रोडब्यान्ड स्पिड करिव २६.१ एम. वि. प्रति सेकेण्ड रहेको छ । यसका साथै यहाँ करिव ९७ प्रतिशत स्थानमा फोर जी नेटवर्क त्यो पनि संसारकै उत्कृष्ठ गतिमा चल्दछ ।
२. कोरिया संसारकै आर्थिक रुपमा सवल राष्ट्र हो
एक अध्ययनका अनुसार कोरिया कुल गाह्रस्थ उत्पादनका हिसावले संसारको ११ औँ धनी राष्ट्रका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । एसियामा चीन तथा जापान पछि कोरिया नै उच्च आर्थिक बृद्धि हासिल गर्ने मुलुकको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । कम्प्युटर, फोन, इलेक्ट्रोनिक्स तथा कार उत्पादन कोरियाका आर्थिक मेरुदण्ड हुन् ।
३. कोरियामा संसारका उत्कृष्ठ विमानस्थलहरु छन् ।
इन्चियोन अन्तराष्ट्रिय बिमानस्थल संसारकै उत्कृष्ठ विमानस्थलको रुपमा सुचिकृत भएको छ । उसले गत बर्ष संसारका उत्कृष्ठ विमानस्थलले पाउने अवार्ड समेत हात पारेको छ ।
४. संसारकै ब्यस्त हवाइ मार्ग कोरियामा छ
संसारकै ब्यस्त हवाइ मार्ग कोरियामा रहेको छ । कोरियाका विमानस्थल भएर यात्रा गर्ने मानिसको संख्या करिव २६ मिलियन रहेको छ । यो लण्डनको हिथ्रो अन्तराष्ट्रिय बिमानस्थल भन्दा पनि ब्यस्त हो । यहाँ एक बर्षमा करिव ६४,९९१ अत्तराष्ट्रिय उडान भएका थिए ।
५. कोरियामा भएका विश्व सम्पदा सुचीहरु
कोरियामा भएका १२ वटा विश्व सम्पदा सुचीहरु जे कोहीको मन लठ्ठ पार्न सक्षम छन् । यहाँका मन्दिर, प्राचिन दरवार, अनौठा गाउँहरु आदी विदेशी पर्यटकहरुलाई मोहित बनाउन सफल छन् ।
६. भविश्य दर्शाउने आर्किटेक्चर
कोरियामा बनाइने गरेका विशाल तथा अनौठा भौतिक संरचनाहरु विश्वलाईनै चकित पार्ने किसिमका रहेका छन् । जाहा हमिदको डोङ्गेइमोन प्लाजा, १८१९ फीट अग्लो लोट्टे वल्र्ड टावर जो संसारकै पाँचौ अग्लो टावर पनि हो आदी कोरियाको भिन्न परिचय दिन सवल छन् ।
७. कोरियाको आधा भन्दा बढी भुभाग बन क्षेत्र रहेको छ
कोरियाको परिचय गगनचुम्बि महल बाट मात्र हुने गरेको छ तर कोरियालीहरु यहाँको पर्यावरण जोगाउन प्राकृतिक वातावरणलाई समेत बचाइ राख्दछन् । अध्ययनका अनुसार कोरियाको करिव ६४ प्रतिशत भुभाग बन क्षेत्रले ढाकिएको छ । साथै २४१३ कि.मि. लामो समुद्री तट तथा ३००० बढी मानव बस्ती रहित टापूहरु समेत रहेका छन् ।
८. विश्वमै धेरै प्रजातिका खाध्य परिकार पाइन्छ
कोरियामा विश्वलाई नै चकित पार्ने खाद्य परिकारहरु पाइन्छ । कोरियाली किम्चि लगायतका अन्य विभिन्न खाद्य परिकारहरु संसार भरका मानिसहरुको मन मुटुमा बस्न सफल छन् ।
९. कोरिया ब्रेक डान्सका निम्ति पनि प्रख्यात छ
कोरिया आफ्नो के—पप म्युजिक तया डान्सका कारण संसारभर प्रख्यात छ । ग्याङ्नम स्टाइल जसले युट्युवमा सर्वाधिक हेरिएको भिडियोको उपाधि समेत पाएको थियो का साथसाथै अन्य विविध सांगितिक तथा नृत्यहरु कोरियाका पृथक परिचय हुन् ।
१०. अनुहारको हेरचाह तथा सर्जिकल उपचारमा संसारमै उत्कृष्ठ
कोरियामा अनुहार तथा छाला सम्बन्धि हेरचाह गर्ने सामाग्रिहरुको सबै भन्दा ठूलो बजार रहेको छ । यहाँका महिलाहरु सँधै सुन्दर अनुहार देखाउन चाहान्छन् । यहि तथ्यलाई ध्यानमा राखि यहाँ संसारकै धेरै कस्मेटीक उत्पादन पाइनुका साथै सर्जरी समेत हुने गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस