एजेन्सी- भारतका नयाँ दिल्लीमा एक बालक भेटिएकाछन्, जसको उमेर आठ बर्षमात्रै छ, तर उनको हातको तौल भने १८ किलो छ ।
८ बर्षीय यी बालक हुन्, मोहम्मद कलिम । स्कुलका साथीहरु डराउनका साथ साथै सबैले जिस्काउन र गिज्याउन थालेपछि उनी स्कुल समेत छाड्न बाध्य भए । साथीमात्र होइन, शिक्षकले समेत जिस्क्याउने र कुटनेसमेत गरे, उनलाई ।
यसो त उनलाई देखेर साथीहरुमात्रै होइन, आफ्नो हात देख्दा आफैलाई डर लाग्ने गरेको उनी बताउँछन् । उनका हात यति ठूला छन् की त्यो देख्दा जो कोहीको पनि जिउ सिरिंग हुन्छ ।
नयाँ दिल्लीमा ज्याला मजदुरी गर्ने ४५ बर्षीय समिम २७ वर्षकी हलीमाका छोरा हुन्, यिनी । जन्मिँदै सामान्य बच्चाका भन्दा दोब्बर ठूलो साइजका हात सहित जन्मिएका यी भारतीय बच्चाका हात अहिले ८ / ८ किलोका छन् । हत्केलाको फेँदी देखि माथि औँलाको टुप्पासम्मको लम्बाइ १३ इन्च छ । हात निकै अजंगका हुँदा उनलाई खाने कुरा खान पनि संघर्ष गर्नुपर्छ । नुहाउने, दिसा पिसाब गर्ने कामका लागि समेत उनलाई निकै सकस पर्ने गरेको छ ।
ज्याला मजदुरी गर्नु बाध्यता त छँदैथियो, छोराको यो हालत भएपछि यो परिवारमा बज्रपात परेको छ । भीख मागेर खानुपर्ने बाध्यताबाट परिवार चलेको छ । ।
यसो त परिवारले कलिमलाई अस्पताल नलगेका होइनन्, तर डाक्टरहरुले अहिलेसम्म रोग पत्ता लगाउन सकेका छैनन् । डाक्टरहरुले लिम्फान्जिओमा वा हामार्टोमा भन्ने रोग लागेको हुनसक्ने आशंका गरेका छन् । यी दुबै रोगको उपचार सम्भव छ । तर उपचार गर्ने हैसियत कलिमको परिवारको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस