सोल- दक्षिण कोरियामा एक २८ बर्षीय नागरिकलाई कुकुर मारेको अभियोगमा सोल पश्चिमी जिल्ला अदालतले आठ महिनाको जेल सजाय सुनाएको छ ।
जङ थर भएका उनलाई कोरियाली जनावर ऐन अन्तरगत उक्त सजाय सुनाइएको अदालत श्रोतले जनाएको छ ।जुन तरिकाले उनले त्यो कुकुरलाई मारे त्यो एकदम बर्बर छ ।
उनले उक्त कुकुर मार्न पर्ने कुनै कारण नभएता पनि एकदम क्रुर तवरले हत्या गरेको देखिएको अदालतकाअधिकारीले जनाएका छन् ।
जङले कुकुरलाई धपाउन कुनै चेष्टा नै नगरि हत्या गरेको पनि उनले बताएकाछन् । यता कुकुर धनी परिवारले भने उक्त कार्य अक्षम्य भएको बताउदै हत्यारालाई हदैसम्मको कानुनी कारवाहीको माग गरेका छन् ।
उनीहरुले हत्यारालाई कम्तिमा १८ महिनाको कारावास सजायको माग गरेका हुन् । उनीहरुले जङले उक्त घटना स्वीकार समेत गरिसकेको बताएका छन् ।
बुधवार सुनाइएको उक्त फैसला जनावरहरुलाई दुर्ब्यबहार गर्नेलाई सुनाइएकोसबै भन्दा कठोर सजाय भएको एक वकिलले बताए ।
सोही जिल्ला अदालतले ६ महिना अगाडि एक ३० बर्षिय नागरिकलाई एक बिरालो मारेको अभियोगमा ६ महिनाको कारावास सजाय सुनाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस