भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् ।
डाक्टरहरुका अनुसार बालकको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।
डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि हुन सक्ने भारतीय अनलाइन द हिन्दूले लेखेको छ ।
रविन्द्रन नाम गरेका ती बच्चाको दायाँ गाला सुन्निने र दुख्ने समस्या भएपछि उनका अभिभावकहरुले अस्पताल लगेका थिए । जाँचको क्रममा डाक्टरहरुले अस्वाभाविक संख्यामा दाँतहरु रहेको पत्ता लगाए ।
सविता डेन्टल कलेजको सर्जन डा. पी सेन्थिलनाथनले एक्स रे र सिटी स्क्यान गरेर हेर्दा धेरै दाँतहरु देखिए, जसको पूरा विकास भएको थिएन । त्यसपछि अपरेसन गरेर ती दाँतहरु निकाल्ने निर्णयमा डाक्टर पुगे ।
डा. सेन्थिलनाथनका अनुसार दाँतहरु मासुको भित्री भागमा थिए जुन बाहिरबाट देखिँदैनथे । बच्चालाई बेहोस पारेर उसको तल्लो बंगाराको भाग निकालियो । जसको तौल २ सय ग्राम थियो । त्योभित्र ठूला, मध्यम र साना आकारका ५ सय २६ वटा दाँत थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस