काठमाडौं -मान्छेहरुका रहरहरु अनेक हुन्छन् , चाहाना पनि धेरै प्रकारका हुन्छन् । कतिपयसमयमा उनीहरु आफ्ना ति चाहाना पुरा गराउन यतिसम्म लागि पर्छन् कि केही क्षणमै ती रहरहु | विश्वभर भाईरल भैदिन्छन् । भाईरल हुने यौटै कारण घटना सामान्य भएता पनि रोचक रहनु ।
बेलाबेलामा रोचक समाचारहरु सार्वजनिक भैरहन्छन् । कत्तिपय विश्वास गर्नैपर्ने विषयहरु बाहिर आउँछन् । पत्यार नै नलाग्ने तर सत्य घटनाहरु धेरै भैरहन्छन् । यस्तै भएको छ भारतमा ।
एउटा वाख्राको मुल्य कत्ति पर्ला ? ३ हजार की ५ हजार ? अर्थात बढि पर्यो भने २० देखि ३० हजारसम्म । अनि अर्को कुरा ९७ लाख रुपैयाँमा कत्ति वटा बाख्रा किन्न सकिन्छ ? अनुमान लगाउने जिम्मा तपाईको भयो । भारतमा एउटा बाख्राको मूल्य नै ९७ लाख ६० हजार तोकिएको छ ।
भारतको राजस्थानस्थित भरतपूर इलाकाका एकजना किसानले आफ्नो घरमा पालेको एक बाख्राको मूल्य ६१ लाख भारु अर्थात् ९७ लाख ६० हजार नेपाली रुपैयाँ तोकेका छन् ।
ग्राहकले उनको घरमै आएर उक्त बाख्राका लागि ४८ लाख भारु अर्थात् ७६ लाख ८० हजार नेपाली रुपैया मूल्य दिँदा समेत उनले बाख्रा बेच्न अस्विकार गरे । आफुले ६१ लाख भारु भन्दा कम मूल्यमा बाख्रो नबेच्ने अडान उनको छ ।
आखिर सत्र महिनाको त्यो बाख्रोमा के त्यस्तो बहुमुल्य चिज छ जसका कारण त्यसको मूल्य नै झण्डै एक करोड रुपैयाँ पुगेको छ ?
यसको एउटा रोचक कारण छ । यो बाख्राको दुबै कानमा जन्मजात धार्मिक चिन्हको आकारका चिनो रहेका छन् । उक्त अद्भुत बाख्रो घरमा ल्याएदेखि उनले बाख्रालाई भिआइपी स्याहार तथा उपचार प्रदान गर्दै आएका छन् ।
बाख्रो एसी वाला कोठामा बस्ने गरेको छ र केवल ड्राइ फुड्स मात्र खाने गरेको छ । नाम नखुलाइएका ती बाख्राका मालिक आफैले पनि उक्त बाख्रा केही महिना पछिले साढे ९ लाख भारुमा किनेर ल्याएका रहेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस