टोकियो- कोरोना संक्रमणका कारण विश्वका विभिन्न देशमा गरि करिव १० लाख बढी मानिस संक्रमित भएका छन् भने करिव ५३ हजार बढी मानिसले सोही रोगका कारण ज्यान समेत गुमाइसकेका छन् ।
यस्तो बेला विश्वका विभिन्न देशले सो रोगबाट बच्न लक डाउन, संकटकाल देखि लिएर केहि दिनमै हज्जारौँ सैयाका अस्पताल तथा हज्जारौँ सैयाको अस्पताल पानीजहाजमा नै बनाइसकेका छन् ।
गत महिना जापानको एक क्रुज सिपमा संक्रमण फैलिए पश्चात जापानले एक अनौठो काम गरेको थियो । त्यो काम हो उसले उक्त पानी जहाजमा फसेकाहरुलाई कोरोना संक्रमण बारे अपडेट राख्न तथा सुचना संप्रेशण गर्न करिव २००० थान आइफोन बाँडेको छ ।
फिलिपिनो टाइम्सका अनुसार उक्त क्रूजमा रहेकामध्ये केही मानिसहरूमा कोरोनाका संक्रमण देखिएपछि त्यहाँ रहेका अन्य व्यक्तिहरूलाई कोरोना भाइरससम्बन्धी अपडेट दिनका लागि आइफोन बाँडिएको हो ।
डायमण्ड प्रिन्सेस क्रूजशिपमा यात्रा गरेका ७ सय ७१ जनाको जाँच गर्दा २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
३ हजार ७ सय मानिस रहेको पानी जहाजमा सामूहिक रूपमा २ हजार आइफोन वितरण गरिएको छ ।
यात्रुहरूलाई कुनै पनि खालको समस्या नहोस् र आवश्यक पर्दाको बखत तुरुन्तै सहयोग प्राप्त गर्न सकोस् भन्ने मान्यताका साथ आइफोन बाँडिएको हो ।
यात्रुहरूलाई बाँडिएका आइफोनमा एक विशेष खालको एप इन्स्टल गरिएको छ ।
उक्त एपको सहयोगले यात्रुहरूले स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट तथा समाचारहरू प्राप्त गर्न सक्ने छन् ।
आइफोनमा रहेको एपमार्फत यात्रुहरूले डाक्टरसँग भेटको समय लिने र औषधि अर्डर गर्ने गर्नुका साथै आफूलाई मानसिक तनाव भएको बेला सिधै मानसिक रोग विशेषज्ञ तथा परामर्शकर्तासँग छलफल गर्न सक्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस