सोल-मानिसहरुको शरिर नाशवान छ, मरेर जान्छ । तर त्यहि मृत शरिरले कसैको जीवन बचाउछ भने त्यो सार्थक मृत्युवरण हो ।
कोरियामा त्यस्तै भएको छ । ९ बर्षको कलिलो उमेरमा आफ्नो महत्वपूर्ण जीवन यात्रा सकेका एक बालकको शरिरले एक को होइन, दुईको होइन ७ जनाको जीवन बचाएको छ ।
कोरियाली अंगदान संस्थाका अनुसार ९ बर्षमा मृत भएका गो होङ जुनको शरिरका विभिन्न अंगहरु ७ जनामा प्रत्यारोपण गरिएको हो ।
सोमबार सफलता पूर्वक ती विरामीहरुमा अंग प्रत्यारोपण गरिएको संघले जनाएको छ ।
जुन आफ्नो घरबाट लडेर गम्भिर घाइते भएका थिए । उनलाई छेजु नेशनल युनीभर्सिटी अस्पताल लगिएको थियो ।
अस्पताल लगेको ४ दिन पश्चात उनको मृत्यु भएको तथा मृत्यु पश्चात उनका अभिभावकले उनको शरिर दान गर्ने निर्णय गरे पश्चात अस्पतालले उनको शरिरका अंगहरु अन्य विरामीहरुमा प्रत्यारोपण गरेको थियो ।
अंगदान बारे बोल्दै अस्पतालका प्रमुख चो वन ह्युनले गो को मृत्यु पिडादायी भएता पनि उनको मृत्यु सार्थक भएको बताए भने उनले परिवार प्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । मृतकको अन्त्येष्ठि बुधवार गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस