नयाँ दिल्ली-समाजमा विभिन्न किसिमका आपराधिक घटनाहरु बाहिर आइरहेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण एक देशको घटना छिनमै विश्वभर पुग्ने गरेका छन् । यस्ता घटना कुनै कुनै त सोच्न पनि नसक्ने खालका हुने गरेका छन् ।
यस्तै घटना भारतको उत्तर प्रदेश राज्यमा केहि हप्ता अघि घटेको थियो । भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेर आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो ।
मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको हो । लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग उनको विवाह हुने कार्यक्रम थियो ।
बेहुली पक्ष जन्तीको स्वागतको तयारीमा जुटिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको हत्या भएको हो । विवाहका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गर्दा बोटोमै मोटरसाइकलमा आएको समूहले बेहुलामाथि गोली प्रहार गरेको बताइन्छ । कारको सिसा छेडेर गोली छिरेको थियो ।
गोली प्रहार गरे लगत्तै हमलाकारीहरु मोटरसाइकलसहित फरार भएको बताइएको छ ।
प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुमितको टाउकोमा गोली लागेको थियो । घटनालगत्तै सुमितलाई टीकरगढस्थित अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले सो क्षेत्रमा राती नै नाकाबन्दी गरेर चेकजाँच गरे पनि हत्यामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । गोली कसले चलाएको हो र किन हत्या ग¥यो भन्ने प्रष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस