नयाँदिल्ली – सोच्नुस् त तपाई जिन्दगीकै रंगिन चित्र कोर्दै हुनुहुन्छ अनि ठीक त्यही बेला कसैले उक्त चित्रमा पानी फाल्दिन्छ । कति पिडादायी हुदो हो त्यो पल । मान्छेको जिन्दगीमा विवाहलाई त्यस्तै उत्सवको रुपमा लिईन्छ । तर विवहाको रमाइलो नसकिदै दुबै जना जिन्दगीका लागि संघर्ष गर्नु पर्दा कस्तो होला?
त्यस्तै भएको छ एक नव विवाहित दम्पत्तीलाई विवाह नसकिदै नव विवाहित जोडीमा ठूलो विपद आईलागेको छ । उनीहरु दुबै विश्वलाई अत्याइरहेको कोरोना संक्रमण पोजेटिभ देखिएका छन् ।
यो घटना भारतको हो । पूरै देशभर लकडाउन चलिरहेका बेला भारतको यूपीको आजमगढबाट एक नवविवाहित दम्पत्ति विवाहपछि राजस्थान गए । त्यहाँ जब उनीहरुको टेस्ट गरियो, तब दुवै कोरोना संक्रमित निस्किए । हाल उनीहरुको राजस्थानमा उपचार भइरहेको छ ।
यद्यपी आजमगढ, जहाँ उनीहरुको विवाह भएको थियो, त्यहाँ तहल्का मच्चिएको छ । त्यहाँका पुलिसका अनुसार, यो घटना आजमगढको छतरपुर ग्राम सभाको हो । हाल पूरै गाउँलाई सील गरिएको छ र उक्त इलाकालाई सेनिटाइज गरिदैँछ ।
आजमगढका एसपी सिटी पंकज पांडेका अनुसार, १८ अप्रिलमा उक्त गाउँबाट बेहुला बेहुली पहिले गाजीपूर गए र त्यहाँबाट कार मार्फत् राजस्थान गए । जहाँ उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।
गाउँलेहरुलाई जब उनीहरुलाई कोरोना संक्रमण भएको जानकारी प्राप्त भयो, उनीहरु डराएर गाउँभर हलचल मच्चिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस