काठमाडौँ-तपाईले आलु चिप्स पक्कै पनि खानु भएको छ । खानु भएको छ भने मुल्य पक्कै पनि थाहा हुनुपर्छ । तपाई हामीले खाएको आलु चिप्सको मुल्य ४० रुपैया बाट ३००/४०० सम्म पर्छ । तर यौटै चिप्सको करिव १२०० सम्म पर्ने आलु चिप्स पनि हुन्छ भन्दा तपाईलाई पत्याउन अलि गाह्रै पर्ला । ढुक्क हुनुस्, यो समाचारले तपाईलाइ संसारकै महंगो चिप्स बारे जानकारी दिने छ ।
स्वीडेनको कम्पनी सेन्ट एरिक्स ब्रुअरीले संसारकै सबैभन्दा महंगो आलु चिप्सको उत्पादन गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘रिप्लेज‘ का अनुसार संसारको सबैभन्दा महंगो आलु चिप्सको प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्छ ।
सन् २०१७ को जनवरीदेखि उत्पादन शुरु गरिएको आलु चिप्सको एक प्याकेटमा जम्मा पाँच वटा मात्र चिप्स हुन्छन् ।एउटै आलु चिप्सको टुक्राको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्न आउँछ ।
चिप्सको प्याकिङ अन्य आलु चिप्सको प्लास्टिकको प्याकेट जस्तो नभइ महंगो गहनाको प्याकेटमा गरिएको छ ।यो चिप्समा बजारमा सर्वसुलभ रूपमा उपलब्ध नभइ १०० ओटा मात्र उत्पादन गरिन्छ जुन बन्नेबित्तिकै बिक्रीसमेत हुन्छ ।
चिप्सको डब्बामा कम्पनीको एक प्रमाणपत्र हुन्छ जसले चिप्स खाएपछि पनि विश्वमा सबैभन्दा महँगो चिप्स किनेको सुनिश्चित गर्छ ।
आलु चिप्स उत्पादन गर्ने कम्पनीका अनुसार चिप्स बनाउनका लागि प्रयोग गरिएको सामग्रीहरू निकै दुर्लभ छन् ।चिप्समा प्रयोग गरिएको आलु तथा प्याज पनि दुर्लभ जातको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस