काठमाडौं-अन्तराष्ट्रिय बायोलोजिकल दिवसको एक दिन अघि बंगालको खाडीबाट उठेको समुद्री आँधि एम्फनले भारतको पश्चिम बंगाल राज्यलाई पनि नराम्ररी प्रभावित बनाएको छ ।
शुक्रवार आएको एम्फन आँधीका कारण विश्वकै ठूलो बरको रुखमा समेत क्षति पुगेको भारतीय समाचार संस्था इण्डीयाटिभी न्युजले जनाएको छ ।
एम्फन आँधिले उक्त बरको रुखमा क्षति मात्र पुर्याएन, त्यहाँ रहेका दुइ मध्ये एक कल्प वृक्षमा समेत क्षति पुर्याएको छ । हावाले उक्त रुख पुर्ण रुपमा लडाएको छ भने बरको रुखका हाँगाहरु समेत भाँचेको छ ।
भारतको कलकत्तास्थित जगदीशचन्द्र बोस बोटानिकल गार्डेनमा २५३ बर्षे वरको रुख रहेको छ । सन् १७८७ मा त्यो वरको रुख त्यहाँ रोपिएको थियो । रोप्ने बेलामै त्यो वरको रुख २० वर्षको भइसकेको थियो ।
सो वरको रुख यति विशाल भइसकेको छ कि त्यसका लहरा तथा जराहरु यत्रतत्र फैलिँदा नयाँनयाँ हाँगा पलाएर पूरै जंगलजस्तै बनिसकेको छ । झ्वाट्ट हेर्दा त्यो पूरै जंगल केवल एउटा वरको रुख हो भनेर अनुमान गर्न गाह्रो पर्ने खालको छ ।
१४ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त रुखको उचाइ २४ मिटर रहेको छ । यसका तीन हजारभन्दा धेरै लहरा छन्। जो जमिनसम्म पुगेर जरामा परिणत भएका छन् र त्यहाँबाट फेरि नयाँ हाँगा पलाएको छ ।
त्यसैले यसलाई दुनियाँको सबैभन्दा ठूलो हिँड्ने रुख पनि भनिन्छ । यो वरको रुखमा ८० भन्दा धेरै प्रजातिका चराहरु बास बस्ने गरेका छन् ।
सन् १८८४ र १९२५ मा कलकत्तामा आएको आँधीबेरीले त्यो रुखमा गम्भीर क्षति पुर्याएको थियो र धेरै हाँगाहरु भाँच्चिएका थिए र काटिएको थियो । तर, यो रुख त्यसपछि पनि पलाउन छाडेन र दुनियाँकै ठूलो रुख बन्न सफल भयो ।
सन् १९८७ मा भारतले यो वरको रुखको तस्वीरसहितको हुलाक टिकट पनि प्रकाशित गरिसकेको छ ।
यो रुख साँच्चिकै भीआईपी रुख हो । जसको रेखदेखमा १३ जना कर्मचारी खटिएका छन् । जसमा वनस्पतिविददेखि मालीसम्म रहेका छन् । यो रुखमा केही हानिनोक्सानी भएको छ कि भनेर बेला–बेलामा चेकजाँच पनि गर्ने गरिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस