नयाँ दिल्ली- भारतको केरला राज्यमा अनौठो विवाह सम्पन्न भएको छ । केरला निवासी भिगनेस के एम र अन्जली रञ्जितको विवाह नियमित विवाहहरु भन्दा बिलकुल फरक तरिकाले सम्पन्न भएको छ । करिव एक बर्षबाट विवाह सम्बन्धमा बाँधिन प्रयत्नरत उनीहरुले अन्त्यत: लकडाउनका बेला विवाह सम्पन्न गरेका छन् ।
कहिल्यै पनि हार खान हुदैन भन्ने भनाईबाट प्रभावित बनेको बताउने उनिहरुले चुनौतिलाई अवसरको रुपमा लिएर विवाह सम्पन्न गरेका छन् ।
आफ्नो विवाहलाई सकेसम्म प्रविधि मैत्री बनाएर सम्पन्न गरेका उनिहरुको विवाह अन्य धेरैका लागि उदाहरण बन्न सक्छ ।
स्पिडपोष्ट नामक अनलाइन डेलिभरी मार्फत आवश्यक न्यूनत्तम सामग्री खरिद गरेका उनीहरुले आफ्नो विवाहका लागि अतिथि निमन्त्रणा पनि विशेष बनाएका थिए ।
विशेष तरिकाले डिजाइन गरिएको निमन्त्रणा पत्रमा उनीहरुले जुम एपको मिटिङ कोड र पासवर्ड समावेश गरेका थिए । उनीहरुका अनुसार विवाहमा विश्वभर छरिएर रहेका १०० बढी आफन्तहरुले जुम एप मार्फत उक्त विवाह प्रत्यक्ष हेरेका थिए ।
सँगै फ्ल्याटमा बस्ने साथीहरुले बेहुला बेहुलीको अभिभावकको भुमिका निर्वाह गरेको उक्त विवाहमा दुबै तर्फका अभिभावकहरु समेत जुम मार्फत नै जोडिएका थिए ।
यो आफ्ना लागि एकदमै नौलो अनुभव भएको बताउदै नव विवाहित दम्पत्तिले विवाहमा साथ दिने प्रविधिको मुक्तकण्ठले प्रशंशा गरेका छन् । नयाँ प्रविधिको प्रयोग जिवनको अविस्मरणीय क्षण भएको बताउदै उनीहरुले यो जिवनको दुर्लभ क्षण भएको समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस