नर्स भन्ने वित्तिकै हामी एकदमै मर्यादित पेशाको रुपमा लिन्छौँ । उनीहरुको साधारण उपस्थिति, साधारण पहिरन तथा मिठो बोली बचन विरामीको रोग नपको पार्न सघाउने एन्टिवायोटिक जस्तै हुन् ।
मुसुक्क मुस्कुराएर सुई नै लगाए पनि दुखाई अनुभव हुन्न । तर कोही नर्स विकिनी लगाएर बिरामीको उपचार गर्छ भन्दा पक्कै आश्चार्यमा परिन्छ । रुसको एक अस्पतालमा त्यस्तै घटना भएको छ ।
कोरोनाको संकटबीच मध्य रूसको टुला अस्पतालमा बिरामीहरूलाई बिकनी ब्रा मात्र पहिरिकन सेवा दिने एक महिला नर्स भाइरल भएकी छिन् । बिकिनी नर्सको कला देखेर कोरोना संक्रमित छक्क परेका छन्।
तुल्स्की नोभोस्तीले यो फोटो पहिलो पटक गत मंगलबार अबेर समाजिक सञ्जालमा हालेपछि प्लास्टिकबाट बनेको सुरक्षा पहिरन भित्र बिकनी ब्रामा देखिएकी ती नर्स भाइरल भएकी हुन् ।
मस्कोको दक्षिण तर्फ १९३ किलोमिटर टाढा रहेको तुला क्षेत्रको यो अस्पताल सबै भन्दा ठूलो सरूवा रोगको अस्पतालबाट यो फोटो लिइएको छ ।
ती नर्सले यो पहिरन धेरै तातो हुने अनुभव गरी सुरक्षा पोशाक भित्र बिकनी र ब्रा लगाउने निर्णय गरेको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ ।
कतिपयले चर्चामा आउन यस्तो फोटो पहिरिएको आरोप पनि लगाएका छन् ।
फोटो भाइरल भएपछि स्वास्थ्य मन्त्रालयको क्षेत्रीय अधिकारीले नर्सलाई आचार सहिता पालना उल्लंघन गरेको भनी स्पस्टीकरण सोधेको मन्त्रालयले जनाएको छ ।
तर आम रूसीहरूले सुविधा अनुसार सुरक्षा पोशाक लगाएर काम गरेको भन्दै नर्सको बचाउ गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस