यौटा भैसीले साधारण तया एक सँझमा कति लिटर अथवा किलो दुध दिन्छ? दुई, चार अथवा छ लिटर? तपाई हामीले सोच्ने त्यत्ति नै हो किनकी हामीले त्यो भन्दा धेर दुध दिने भैसी न त देखेका छौँ न त पढेका नै छौँ ।
धेरै अचम्म लाग्ने घटनाहरु भारतमा घटिरहेका हुन्छन् । यो घटना पनि भारतकै हो । भारतको हरियाना भन्ने क्षेत्रमा रहेको उक्त भैसी पनि दुनियाँलाई चकित बनाउने छ । उक्त भैसीले एक साँझमा ३३ किलो दुध दिएर विश्व रेकर्ड राखेको अनौठो समाचार तपाईका लागि टाइम्स अफ इण्डिया डटकमको सहयोगमा ।
३३.१३ किलोग्राम दुध दिएर विश्व रेकर्ड राखेको भारतको हरियाणाको मुर्राह जातको भैंसी ८१ लाख रुपैयाँमा बिक्री भएको छ । पहिलो यो रेकर्ड ३२.०५ किलोग्राम दुध दिएर पाकिस्तानको भैंसीको नाममा रहेको थियो । यो भैंसीको नाम सरस्वती हो र यो घटना केहि महिना अघिको हो।
हिसार जिल्लाको लितानीका किसान सुखबीर सिंह ढांडाले सरस्वतीलाई ४ वर्ष अघि २ लाख रुपैयाँमा किनेका थिए । सरस्वतीलाइ लिएर सुखबीर केही दिन पहिले लुधियानाको जगरांवमा डेरी एण्ड एग्रो एक्सपोमा भाग लिन गएका थिए ।
त्यहाँ सरस्वतीले ३३.१३ किलो दुध दिएर विश्व रेकर्ड कायम गरेको थियो भने ३ लाख २० हजार रुपैयाँ पुरस्कार पनि जितेको थियो ।
भैंसी बेच्नु अघि किसानले एउटा समारोह आयोजना गरेका थिए । उक्त समारोहमा करीब ७ सय किसान उपस्थित भएका थिए ।
लुधियानाका पवित्र सिंहले ८१ लाख रुपैयाँमा सरस्वतीलाइ खरिद गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस