अनौठा अनौठा कार्य गर्ने कुनै एक मुलुकको नाम लिउ भन्दा हाम्रो सहज उत्तर आउछ भारत । भारतीयहरु जुगाड कामका लागि ख्याति प्राप्त छन् । उनीहरु कुनै समस्यामा धेरै नअल्झि त्यसको समाधान तर्फ लागि हाल्छन् ।
पछिल्लो समयमा कोरोना संक्रमणका कारण सिङ्गो संसार मास्कमय भएको छ । मास्क नलगाई हिड्ने मानिस भेट्नै मुस्किल छ । यस्तो बेला आँखै अगाडी कोहि चिनेकै मानिस आए पनि चिन्न हम्मे हम्मे पर्छ । मानिसको सोहि समस्याको समाधान भारतमा खोजिएको छ ।
भारतका एक फोटोग्राफरले कोभिड १९ लकडाउनको क्रममा व्यक्तिहरूका लागि अनुकूल फेस मास्कहरू सिर्जना गरिरहेका छन् ।
केरलाको कोट्टायमको एट्टुमानूरमा एकफोटोग्राफी पसल चलाइरहेका ३८ वर्षीय बिनेश जी पलले व्यक्तिको अनुहार देखिन सक्ने सुरक्षात्मक मास्क डिजाइन गरेका हुन् ।
बिनेशका अनुसार मास्कमा मानिसको अनुहारको फोटो प्रिन्ट गर्न २० मिनेट जति समयलाग्ने तथा एक मास्कको लागि ६० रुपैयाँ पर्ने हुन्छ ।
उनले डिजाइन गरेको मास्कले व्यक्तिलाई एक अर्कालाई चिन्न सजिलो बनाउने गर्छ ।
उक्त प्रकारको मास्क बनाउने प्रक्रियाको बारेमा बताउँदै उनले मानिसको फोटो क्लिक गरेपछि सुब्लिमेशन प्रिन्टिङ गरेर उक्त छविलाई विशेष कागजमा ट्रान्सफर गरेपछि फोटोलाई पछि ठूलो बनाएर मास्कमा सुपरइम्पोज गर्नुपर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस