नयाँदिल्ली- भारत मध्यप्रदेशको मन्दसौरस्थित प्रसिद्ध पशुपति महादेव मन्दिरमा आउने भक्तजनबीच कोरोना भाइरसको संक्रमण प्रसार हुन नदिन घण्टीमा सेन्सर जडान गरिएको छ।
भारत मध्यप्रदेशको मन्दसौरस्थित प्रसिद्ध पशुपतिनाथ मन्दिर कोरोना भाइरसको प्रसार रोक्न सरकारले लगाएको लकडाउनका कारण ७६ दिन बन्द रह्यो। गत ८ जुनमा खुल्दै गर्दा मन्दिर व्यवस्थापनले भाइरस संक्रमण हुने सम्भावित ठाउँको खोजी गर्यो। र, भक्तजनको सबैभन्दा बढी सम्पर्क हुने वस्तु देखियो, घण्टी। अनि त्यस घण्टीमा टाढै बसेर बजाउन मिल्ने गरी सेन्सर जडान गरियो।
मन्दिरमा फेरि घण्टी बज्न थाल्दा भक्तजन खुशी छन्। नछोइकन घण्टी बज्न थालेपछि कोरोना प्रसार हुने जोखिम पनि कम भयो।
स्थानीय ६२ वर्षीय प्राविधिकले घण्टीमा सेन्सर जडान गरिदिएका हुन्। ती प्राविधिकका अनुसार स्थानीय कारखानामै ६ हजार भारतीय रुपैयाँमा एक यन्त्र बनाएर घण्टीमा जडान गरिएको हो।
अनलाइन न्युजपोर्टल ‘द प्रिन्ट’का अनुसार घण्टीको डेढ फिट मुनि हात पुर्याउँदा आफैं बज्छ। भक्तजनले दुई हात जोडेर उभिँदा घण्टी बज्न थाल्छ।
मन्दौसरका जिल्ला अधिकारी तथा मन्दिरका अध्यक्ष मनोज पुष्पले उक्त प्रविधि भारतभरका मन्दिरमा पुर्याउनुपर्ने बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस