टोकियो- पश्चिम जापानको इहिमे प्रान्त स्थित हिरोयोसी उत्सुनो मियाले फलाएको फर्सीले जापानकै सबैभन्दा ठूलो फर्सीको रेकर्ण राख्न सफल भएको छ । ४१०.३ किलोको उक्त फर्सीले आयोजित प्रतियोगिता जित्दै देशकै ठूलो फर्सीको उपाधी जितेको हो ।
६८ बर्षीय उत्सुनोमियाले फलाएको फर्सीले सन् २०१८ मा समेत प्रतियोगिता जितेको थियो । त्यो बेला उनले फलाएको फर्सीको तौत ४१२.६ किलो थियो । उनले यस पटकको फर्सी फलाउदा मोजार्ट संगितलाई पार्श्वध्वनीका रुपमा प्रयोग गरेको बताएका छन् ।
यस अधिको फर्सी फलाउदा इन्का नामको संगित बजाएको समेत बताएका छन् । उनले संगित सुनाएर आफूले जे गरेको ठीक गरेको समेत बताएका छन् ।
कोरोना संक्रमणका कारण भौतिक रुपमा फर्सीहरु प्रदर्शनी स्थलसम्म ल्याउन नपाइए पनि आधिकारिक रुपमा तौलिएर तस्विर मार्फत उक्त कार्यक्रम गरिएको थियो । सोडो टापुमा आयोजित उक्त फर्सी प्रतियोगिता ३४ औँ प्रतियोगिता भएको आयोजकले बताएका छन् ।
प्रतियोगितामा चिवा प्रान्तका अकिरा निसिकावाले फलाएको ३५१ किलोको फर्सी दोश्रो तथा माई प्रान्तका तोसियाकी सिराकीले फलाएको ३३४ किलोको फर्सी तेश्रो भएका थिए । प्रतियोगितामा देशभरबाट ५१ वटा फर्सी सहभागी गराइएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस