अंकारा-टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई ८ फिट २ दशमलब ८ इन्च छ । गिनिज वल्र्ड रेकर्डले यसै साता उनलाई विश्वकै जीवित अग्लो महिलाको मान्यता दिएको हो ।
उनी जन्मदै विभर सिन्ड्रोम नामक एउटा दुर्लभ वंशानुगत समस्याबाट पीडित थिइन् । विज्ञहरुका अनुसार यस्तो समस्याबाट पीडित व्यक्तिको अस्वभाविक उचाई बढ्छ । ‘रुमेसालाई विश्वकै अग्लो महिला घोषणा गर्न पाउँदा हामी अत्यधिक खुसी छौं,’ गिनिज वल्ड रेकर्डले एउटा प्रेस बिज्ञप्तिमा भनेको छ ।
वाकिङ फ्रेमको सहायतामा हिड्ने रुमसेलले भनिन्, ‘भिन्नु हुनु अरु व्यक्तिले सोचेजस्तो खराबी होइन । यसले तपाईलाई अप्रत्यासित सफलता दिन्छ ।’ ‘विभर सिन्ड्रोमका विरामीबारे सचेता बृद्धि गर्न मैले सहयोग गर्नेछु भन्ने मलाई विश्वास छ । ’ विश्वकै अग्लो महिलाको उपाधिबाट सम्मानित भएपछि रुमसेलाले भनिन् ।
उनी ह्वीलचेयरको सहायतामा मात्र हिडडुल गर्न सक्छिन् । विश्वकै अग्ला पुरुष टर्कीकै सुल्तान खोसान हुन् । उनको उचाई ८ फिट २ दशमलब ८ इन्च छ । रुमेसाको यो दोस्रो विश्व रेकर्ड हो ।
सन् २०१४ मा १८ वर्षको उमेर उनी विश्वकै अग्लो किशोरी बनेकी थिइन् । यसअघि अमेरिकाकी सान्ड्रा एनेन विश्वकै अग्ली महिला बनेकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस