ताइपेय-कोभिड महामारीको समयमा अधिकांश शिक्षकले घरबाटै विद्यार्थी पढाए । महामारीसँगै कतिपय शिक्षकले घरबाट पढाउदा विभिन्न बोझ सामना गरे भने केहीले यसलाई अवसरको रुपमा पनि उपयोग गरे । ताइवानका एक शिक्षक भने परम्परागत शैलीभन्दा एक कदमअगाडि बढेका छन् जसका कारण उनी भाइरल बनेका छन् । गणितका शिक्षक चाङशुले पोर्न वेबसाईटमै अललाइन कक्षा होस्ट गरेर चर्चामा आएका हुन् ।
चाङशुम्याथ ६६६ मा कक्षा सञ्चालन गर्ने उनको पोर्नहवमा एउटा प्रमाणित एकाउन्ट छ । उनले २०० ओटा भिडियो सेयर गरेका छन्, जुन यौनजन्य सामाग्रीभन्दा पूर्ण रुपमा फरक छ ।
रिपोर्टअनुसार चाङशुले गणितमा स्नातकोत्तर गरेका छन् । उनले १५ वर्षदेखि अनलाईन र भौतिक कक्षा लिँदै आएका छन् । सुरुमा उनले विद्यार्थीलाई सिकाएको भिडियो क्लिप युट्युबमा अपलोड गरेका थिए । तर, उनले खासै राम्रो ‘रेसपोन्स’ पाएनन् । गत वर्ष उनले अलि फरक गर्ने निधो गरे । उनले पोर्न वेबसाईटमा एकाउन्ट खोले र आफूलो पढाएको भिडियो धमाधम अपलोड गरे ।
चाङशुले एकाउन्टमा एउटा सन्देश लेखेका छन् , ‘मिहिनेत गरेर खेल, परिश्रम गरेर पढ । ’ सबै भिडियोमा उनी खैरो हुडी र चस्मामा देखिन्छन् । हरियो बोर्डमा हिसाब गरेको र बिभिन्न विधिबारे व्याख्या गरेका देखिन्छन् ।
आफ्नो अस्वभाविक निर्णयबारे चाङ्शु भन्छन्, ‘पोर्न साइटमा राखिएका भिडियो धेरैले हेर्ने भएकोले मैले नयाँ जुक्ति अप्नाएको हुँ । मैले धेरै भिडियो अपलोड गरे भने प्रशस्त मानिसले हेर्छन् ।’
अहिले उनको आम्दानी पनि राम्रो भएको छ । उनले प्रति वर्ष २ लाख ५० हजार डलर कमाउछन् । जसका कारण उनले आफ्नो बिल तिर्न र केही कर्मचारीलाई तलब दिन पुग्छ । चााङुशुका अनुसार उनको पोर्नहब च्यानलमा करिब ६० प्रतिशतभन्दा बढी दर्शकहरु गणित पढ्न भन्दा पनि हाँस्नकै लागि आउछन् । उनी भन्छन्, ‘मानिसहरुलाई मेरो भिडियोमा रुची नलाग्न सक्छ । तर, पोर्न साईटमा पनि गणित शिक्षकले राम्रो पढाउछन भन्ने धेरैलाई थाहा हुन थालेको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस