सोल-दक्षिण कोरियाको हान्याङ विश्वविद्यालयका एक प्राध्यापकले बुधबार नुहाउने क्रममा अनलाइन कक्षा संचालन गरेका छन् ।
नाम गोप्य राखिएका प्रोफेसरले अडियो मात्रै खोलेर अनलाइन लेक्चर दिइरहेका थिए । तर क्यामेरा संयोगवश खोलिएको थियो र विद्यार्थीहरूले उनको माथिल्लो शरीर देखेका थिए ।
उनले तुरुन्तै क्यामेरा बन्द गरे र कक्षा जारी राखे । यद्यपि, बाथटबमा पानी छर्केको आवाज भने आइरहेको विद्यार्थीहरूले बताएका छन् ।
विद्यार्थीहरूले प्रोफेसरले आफ्नो बाथटबबाट कक्षा दिएको यो पहिलो पटक नभएको आशंका गरेका छन् । पहिले पनि अडियोमा मात्र अनलाइन कक्षाहरू पढाउदा पानी छर्किएको आवाज आएको र प्रायः प्रोफेसरको आवाज गुन्जिने गरेको विद्यार्थीहरूले स्मरण गरेका छन् ।
प्राध्यापकले कोभिड-१९ खोपको दोस्रो शट प्राप्त गरेपछि आफूलाई उच्च ज्वरो आएको र कक्षा रद्द नगर्न नुहाउदा “दुर्भाग्यपूर्ण घटना” घटेको भनेर विद्यार्थीहरूलाई ईमेल पठाएका छन् ।
हान्याङ विश्वविद्यालयले घटनाको तल्लो तहसम्म पुग्न र प्राध्यापकलाई अनुशासनात्मक कारबाही गर्ने कि नगर्ने निर्णय गर्न कर्मचारी समितिको बैठक बोलाउने बताएको छ ।
विद्यालयका प्राध्यापकले यसअघि नुहाउने क्रममा आफूले कहिल्यै नपढाएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस