काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका सदस्य पक्राउ परेका छन् । सो संगठनका सदस्य भोजपुर षडानन्द नगरपालिका ९ का ३३ वर्षीय दोर्ची शेर्पालाई प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
पक्राउ परेका शेर्पा २०७५ साल फागुन १० गते बेलुका ललितपुर जिल्लाको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोटको कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ । प्रहरीले सो घटनामा विप्लव समूहका ८ जना कार्यकर्ताहरुको सहभागिता रहेको जनाउँदै आएको छ । प्रहरीले यसअघि ७ जनालाई पक्राउ गरिसकेको जनाएको छ ।
शेर्पामाथि प्रहरीले उक्त बम विष्फोटको घटनामा मुख्य योजनाकारको भूमिका निभाएको आरोप लगाएको छ । उक्त घटनामा परेर सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने अन्य ३ जना घाइते भएका थिए । घाइते हुनेहरुमा कुमार खत्री, प्रतिक्षा खड्का, उरुषा मानान्धर रहेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस