काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरका अनुसार ड्रयागन एयरको विमानमार्फत काठमाडौं अवतरण गरेका ली निङ्ग्सीलाई चार किलो सुनसहित आइतबार राति ११ बजे पक्राउ गरिएको हो।
‘कपडाको बेल्ट बनाएर ल्याएको पहेंलो वस्तु सुन हो कि होइन भनेर हामीले ल्याबमा टेस्ट गर्यौं,’ भन्सार प्रमुख ठाकुरले भने, ‘सुन नै रहेको प्रमाणित भयो।’
यसअघि धादिङमा पहेंलो वस्तु फेला पर्नेबित्तिकै सुन भनेर सार्वजनिक गर्दा पछि अर्कै धातु प्रमाणित भएको घटनाका कारण ल्याब टेस्ट गरेर मात्र अलि ढिला गरी सञ्चारमाध्यमलाई जानकारी गराइएको उनले बताए।
सुनसहित पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको भन्सार प्रमुख ठाकुरले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस