पोखरा-पोखरा महानगरका ११ वटा वडा चोरेको आरोपमा वडा प्रहरी बैदामले काठमाडौं- ११ का ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले उनलाई सार्वजनिक गरेको हो।
उनी विभिन्न मितिमा महानगरका विभिन्न वडा कार्यालयको तोडफोडमा संलग्न भएको प्रहरीले बताएको छ। कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की भन्छन्, ‘लामो समयसम्म चोरलाई पक्रन नसक्दा लाज लाग्ने स्थिति आइसकेको थियो । अन्ततः हामी सफल भयौं।’
वडा कार्यालयमा चोरीको श्रृंखला ३ जेठ ०७५ मा पोखरा १२ को वडा कार्यालयबाट सुरु भएको थियो। १ वर्षको अवधिमा पोखरा महानगरका १३, ५, ३१, ६, १४ २९, १६ लगायत ११ वटा वडामा श्रृंखलाबद्ध चोरी भएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा सबै चोरीमा थापाको संलग्नता देखिएको प्रहरीले बताएको छ। ‘हामीसँग भएको प्रमाण र सिसिटिभी फुटेज हेर्दा घटनामा संलग्न एउटै व्यक्ति हो भन्ने एकिन गर्यौं ,’ एसपी कार्कीले भनेका छन्।
रातको समयमा वडा कार्यालयमा चोरी गर्ने थापाले विद्युतीय उपकरणमात्र चोरी गर्ने गरेका थिए। नजिकै निर्माणाधीन घरमा लुक्थे र विहानै गाडी चढेर काठमाडौंतिर हुइँकिन्थे।
‘राति साढे ११ बजेदेखि साढे १२ बजेको बीचमा वडा कार्यालयमा चोर्ने गरेको खुलेको छ,’ एसपी कार्की भन्छन्, ‘सुरक्षा व्यवस्था कमजोर हुने भएकाले सजिलै चोर्ने र चोरीका सामान नजिकैका निर्माणाधीन भवनमा लुकाउने र उपयुक्त समय हेरेर काठमाडौं लैजाने गरेको पाइयो।’
काठमाडौंका थापाले पोखरा १० मा डेरा पनि लिएका रहेछन्। उनको कोठामा चोरीका सामान भेटिएनन्, तर चोर्न प्रयोग हुने सामानहरु भेटिएको प्रहरीले जनाएको छ। ‘उनको डेराबाट चोरीमा प्रयोग हुने मास्क, क्यामेरा, स्क्रू ड्राइभर, पञ्जा, ट्रयाक, टोपी र लागु औषधसमेत फेला पार्यौं ,’ उनले भने, ‘चोरीका सामान भने काठमाडौं पुर्यााइसकेकाले डेरामा भेटिएन।’
चोरीका सामान किन्ने पनि पक्राउ
थापाले चोरी गरेको सामान खरिद बिक्री गरेको आरोपमा काठमाडौं १४ कलंकीमा कम्प्युटर पसल चलाइरहेका ३६ वर्षीय रुपचन्द्र गोपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कास्की प्रहरी प्रमुख एसपी कार्कीका अनुसार गोपालीको पसलबाट चोरीका सामानमात्रै बिक्री वितरण हुँदै आएको पाइएको छ।
थापाले पोखराका विभिन्न वडाबाट चोरी गर्ने र कलंकीमा रहेको गोपालीको पसलमा पुर्याँउने गरेका थिए। काठमाडौं प्रहरीको सहयोगमा पक्राउ परेका गोपालीको पसलबाट पोखराका वडाबाट चोरी भएका सामानहरु फेला परेका छन्। प्रहरीले १७ थान मनिटर, ९ वटा सीपीयु र ३ वटा ल्यापटप बरामद गरेको छ ।
चोरी डाँका मुद्दामै पटकपटक जेल!
पोखराका वडा कार्यालयमा श्रृंखलावद्ध चोरी गरेको आरोपमा पक्राउ परेका थापा यसअघि पनि पटकपटक चोरी तथा डाँका मुद्दामा जेल सजाय भोगिसकेका व्यक्ति हुन् । अनुसन्धानका क्रममा उनी पहिलो पटक डाँका चोरी कसुरमा २०४६ देखि २०५१ सम्म केन्द्रीय कारागारमा थुनामा बसेको पाइएको छ।
दोस्रो पटक २०७१ देखि २०७४ सम्म चोरी मुद्दामा केन्द्रीय कारागारमै जेल जीवन विताएका थिए। उनले ग्रामीण भेगमा यातायातको सुविधा नहुने भएकाले सहरी क्षेत्रका वडामा चोरी गर्ने गरेको बयान दिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस