सोल-ब्राजिलियाली महिलालाई के-पप (कोरियन पप) मनोरन्जनकर्ता बन्ने आश्वासन देखाई कोरिया बोलाएर वेश्यालयमा पठाउने ५ जना पुरुष पक्राउ परेका छन्।
ईल्सान दोंङ्बो प्रहरीका अनुसार आइतवार पाँच जना कोरियाली पुरुषलाई मानव बेचबिखन र दलाली शंकाको आरोपमा पक्राउ गरिएको हो ।
कोरियाली पप संस्कृतिमा रुचि राख्ने २० देखि ३० वर्षका सो महिलाहरुलाई ति पुरुषहरुले सोशल मीडियाको माध्यमबाट अघिल्लो साता सम्पर्क गरेका थिए।
उनीहरूले महिलालाई कोरियामा मोडेल बन्न सहयोग गर्ने आश्वासन दिएर कोरिया बोलाएका थिए। पीडितलाई निःशुल्क राउन्डट्रिप फ्लाइट टिकटसमेत प्रदान गरेका थिए। महिला जुलाईको मध्यमा कोरिया आइपुगेको थिए।
उनीहरू आइपुगेपछि भने उनीहरूको राहदानी जफत गर्ने,ग्योंगी प्रान्तको पाजुमा उनीहरूको निवास स्थानमा मात्र सीमित बनाउने, र उनीहरूको फिर्ती उडानहरू ब्राजिलमा रद्द गर्ने जस्ता क्रियाकलाप गरेका थिए। त्यसपछि प्रति महिला २ लाख वान ($१,६५०)मा तिनीहरूले महिलाहरूलाई वेश्यालयमा पठाएको प्रहरीले जानकारी दिएका छन्।
उडान टिकटको लागत फिर्ता नभएसम्म बेश्यालयमा काम गर्न पर्ने र यदि उनीहरू प्रहरीमा वेश्यावृत्तिको आरोपमा फसाउने उनीहरूले महिलाहरूलाई धम्की दिएका थिए।
ती महिलाहरूले अगस्ट १७मा ब्राजिलको दूतावासमा सम्पर्क गर्न सफल भएकी थिईन् र दूतावासबाट सुनेपछि उनीहरूलाई वेश्यालयबाट उद्धार गरेको थियो।
पीडितहरूलाई आप्रवासी महिलाहरूको आश्रयमा सुरक्षित गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस