सोल– दक्षिण कोरियाली अभिनेता खाङ्ग जी-ह्वानले सोमबार बलात्कार अपराधको आरोप लगाइएको पहिलो कानुनी सोधपुछ पछि पश्चाताप अभिव्यक्त गरेका छन्।
सुवन जिल्ला अदालतको स्योंग्नम शाखा छोड्दै अभिनेताका वकिलले अभिनेता खाङ्गले सबै अभियोगहरू स्वीकार गरेको र उनको कार्यप्रति गहिरो पछुतो महसुस गरेको बताएका थिए।
“अफसोस, काङ्गलाई घटनाको समयमा के थियो सम्झना छैन,” वकिलले थपे।
खाङ्गले पत्रकारहरुको अगाडी आफूले आफूले गरेको अपराध स्वीकार गरे र साँचो हृदयले पछुताएको समेत जानकारी दिए।
काङ्गले जुलाई ९ मा आफ्नो निवासमा दुई महिलाहरुसंग रक्सी पिएपछि कथित रुपमा एक महिलालाई बलात्कार गरेको र अर्को महिलामाथि हातपात गरेका थिए।
तीनैजना अभिनेता खाङ्गको निवासमा अरु कर्मचारीहरुसंग पिईरहेका थिए र सबै गईसकेपछि उनकै आग्रहमा ती दुई महिला पछाडि बसेका थिए र पछि ट्याक्सीमा बोलाईदिने कुरा गरेका थिए।
यद्यपि, खाङ्ग निदाए जसले गर्दा उनीहरु अर्को कोठामा गएर सुते। पछि काङ्ग दुई सुतिरहेको कोठामा प्रवेश गरे र अपराध गरे।
अभिनेताले सुरुमा ती आरोपहरू आफुलाई केहि याद नभएको र आफु बिहान उठ्दा अर्को कोठामा आफुलाई भेटेको भन्दै खण्डन गरेका थिए।
यद्यपि हिरासतमा लिएपछि उनले अपराध स्वीकारे र पीडितसँग माफी मागे।
नेशनल फोरेंसिक सेवाका अनुसार एक महिलामा पाईएको डीएनएको नमूना अभिनेता खाङ्गको भएको पहिचान गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस